PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

प्रचण्ड नेपाल समूहको अन्तर्क्रियामा दमननाथ ढुंगानाले भने, 'ओलीसँगै तपाईहरु पनि दोषी'



प्रचण्ड नेपाल समूहको अन्तर्क्रियामा दमननाथ ढुंगानाले भने, 'ओलीसँगै तपाईहरु पनि दोषी'

काठमाडौं : पूर्व सभामुख दमनाथ ढुंगानाले नेताहरुकै कारण अहिलेको अवस्था सिर्जना भएको आरोप लगाएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा ढंगानाले उपस्थित नेताहरुलाई लक्षित गर्दै भने, 'हामीलाई किन बोलाउनु भो? तपाईले उत्तर दिन नसक्नु होला। फोहोर गर्ने तपाईहरु अनि नागरिक समाजले सफा गर्नुपर्ने? '

आफू कुनै पार्टीको कार्यक्रममा नआएको भन्दै उनले राजनीतिक दलहरुबीचको शक्ति संघर्षका कारण पहिलापनि नागरिक समाज सडकमा ओर्लिएको बताए।

ओलीले प्रतिनिधिसभा विघटन गर्नुपर्ने दिन आउनुको कारणमा उपस्थिति नेताहरु पनि जिम्मेवार रहेको उनले बताए। 'बारम्बार संविधान किन तोडिदैछ? ओलीसँगै तपाई पनि जिम्मेवार हो। यो सत्तामा रहेको प्रधानमन्त्री र सत्ता बाहिर रहेका पूर्व प्रधानमन्त्रीबीचको लडाइँ हो। नेकपा भित्र पदमा रहेका र नरहेकाहरुको लडाइँ हो।'

जनताको सभामा प्रहार भएको प्रति आक्रोशित हुँदै उनले जनताले प्रतिनिधि चुनेर पठाउँदा मात्रै प्रजातन्त्र नहुने बताए।

'कस्तो मान्छे प्रधानमन्त्री बन्दै छ? त्यो ग्यारेन्टि चाहिन्छ। अमेरिकामा के भयो? चेक एण्ड ब्यालेन्स गर्नु पर्दैन? '

संसद विघटनको संविधानमा कुनै प्रावधान नभएको भन्दै उनले राष्ट्रपतिले ओलीले सिफारिस गरेको पत्रको मसि नसुक्दै प्रतिनिधिसभा विघटन गरेको बताउ।

प्रश्न गरे, ' तपाईहरु कहाँ हुनुहुन्थ्ये? के राष्ट्रपतिले तपाईलाई नचिनेको हो?'

पार्टीमा ओलीलाई भित्ता सम्म ठेल्दा संविधानमाथि नै प्रहार भएको उनको भनाइ थियो।

उनले ओलीले गरेको गल्ती संसद पुन:स्थापना गरेर मात्र सच्चिने बताए। उनले अदालतको अफिसमा बसेर अदालतलाई थ्रेट दिने गर्न बन्द गर्नुपर्ने भन्दै अदालतको स्वतन्त्रता दिनुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell