PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

वाग्मती सफाइको ४०० औं हप्ता, नदी सफा बनाउन सबैको योगदान आवश्यक



वाग्मती सफाइको ४०० औं हप्ता, नदी सफा बनाउन सबैको योगदान आवश्यक
File Photo

काठमाडौं : शनिबार फोहोरमैला व्यवस्थापन संघले वाग्मती सफाई महाअभियानको ४ सय हप्ता पुगेको अवसरमा काठमाडौंको मिनभवनमा विशेष कार्यक्रम गरेको छ। २०७० जेठ ५ गते तत्कालिन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा शुरु भएको वाग्मती सफाई महाअभियानको आज (पुस २५ गते शनिबार) ४ सय हप्ता पुगेको हो। ‘‘स्वच्छता हाम्रो पहिचान सफाइमा मेरो योगदान’’ नारा दिएर वाग्मती सफाई शुरु भएको थियो।

कार्यक्रममा वाग्मती सफाई अभियान्ताहरुले नदीमा फोहोर फाल्न हुँदैन भन्ने जनचेतना फैलाउनु मुख्य कुरा भएको बताए। यस्तै सरकारले वाग्मती लगायत कुनैपनि नदीमा फोहोर फाल्ने, ढल मिसाउने काम गर्नेलाई कानूनी कारबाही हुनेगरी कानून निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। कार्यक्रममा कलाकार मनिषा कोइरालाले सबै नागरिकहरुलाई वाग्मती सफाइमा लाग्न आग्रह गरेकी थिइन्। नदीमा मिसाइदै आएको फोहोरलाई आधुनिक प्रविधिको प्रयोग गरी उर्जा उत्पादनमा लगाउने योजना सरकारले ल्याउनुपर्ने उनले बताइन्।

कलाकार आनी छोइङ डोल्माले पनि शरिरलाई रक्त सञ्चारले सफा गरेजस्तै नदीलाई मानिसहरुले सफा गर्नुपर्ने बताइन्। वातावरणीय हिसाबले पनि नदी सफा राख्नुपर्ने उनको भनाई छ। कुनैपनि नदीमा ढल मिसाउने, प्लास्टिक फाल्ने, घरमा निस्कने फोहोर फाल्ने चलनको अन्त्य गर्नुपर्ने उनले बताइन्। उनले राज्यले पनि फोहोर तथा ढल नदीमा मिसाउन नहुने सम्बन्धमा छुट्टै कानून निर्माण गर्नुपर्नेमा जोड दिइन्।

वाग्मती  सफाईको ४ सय हप्ताको अवधिमा नदी संरक्षणका लागि सचेतना जगाउन तथा नदीमा फ्याँकिएको फोहोर हटाउन नागरिक स्तरबाट उल्लेख्य सहभागीता भएको छ। महाअभियानमा सरकारी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक अगुवाहरु, कलाकार, विद्यार्थी, विभिन्न संघसंस्थाहरु र जनप्रतिनिधिहरुको सहभागिता हुने गरेको छ। प्रत्येक शनिवार नागरिकहरु स्वतस्फूर्त रुपमा वाग्मती  सफाइमा जुटेपछि अहिले वाग्मती  नदीबाट दुर्घन्ध हटेको छ भने नदीमा सफा पानी बग्न थालेको छ। यो अवधिमा नदी किनारामा बगैंचा निर्माण हुने रुख रोप्ने लगायतका काम भएका छन् । वाग्मती  नदिको विभिन्न ठाउँमा २६ वटा पार्क निर्माण गर्ने लक्ष्य राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell