PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

जुलुस शुरु नहुँदै काठमाडौंका सडक अस्तव्यस्त पार्दै नेकपा, अफिस हिँडेकाहरू अड्किए बीच बाटोमै

जुलुस शुरु नहुँदै काठमाडौंका सडक अस्तव्यस्त पार्दै नेकपा, अफिस हिँडेकाहरू अड्किए बीच बाटोमै


काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको नेतृत्वको नेकपाले रत्नपार्क क्षेत्रको मुल सडक कब्जामा लिएको छ। आज १२ बजेबाट विरोध प्रदर्शन हुने भनिएपनि बिहानैबाट सडक कब्जा गरेको हो। अहिले रत्नपार्क र भद्रकाली क्षेत्र पुरै खाली गराएर स्टेज बनाउन कार्यकर्ता खटिएका छन्।

कार्यालय समयमा यातायात ठप्प छन्। विभिन्न रुटका गाडीहरु नचलेपछि कर्मचारी कोही पैदलै कार्यालय हिँडेका छन्। निजी सवारीमा आएकाहरु सडक बीचैमा अड्किएका छन्।

प्रतिनिधि सभा विघटनपछि सत्ताबाट सडकमा झरेको नेकपाले काठमाडौंमा पटकपटक शक्ति प्रदर्शन गरेको छ। आज दुई लाख मानिस काठमाडौंमा उतार्ने र उपत्यका अस्तव्यस्त पार्ने उर्दी नेताहरुले गरेका थिए।

केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जारी गरेको निर्देशिकामा देशभरबाट आएका नेता कार्यकर्तालाई बिहान पौने ११ भित्र सम्बन्धित आर्कमा उपस्थित हुन उर्दी गरेको छ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, शान्तिबाटीका, त्रिचन्द्र कलेज, वाल्मिकी कलेजलाई आर्क तोकिएको छ।

ती आर्कहरुमा कसले नेतृत्व गर्ने भनी जिम्मेवारीसमेत तोकिएको छ। जसमध्ये प्रदर्शनी मार्गमा घनश्याम भुसाल र जनार्दन शर्मा, शान्तिबाटिकामा नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई, त्रिचन्द्र कलेजमा देव गुरुङ र रामकुमारी झाँक्री, वाल्मिकीमा अमृत बोहोरा र मुकुन्द न्यौपाने, कुपन्डोलमा कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त लगायत, माइटीघरमा गणेश साह, गिरिराजमणि पोखरेल, मातृका यादव,  लीलामणि पोखरेललगायत, डिल्लीबजारमा वर्षमान पुन, वेदुराम भुसाललगायत, लैनचौरमा भीम रावल, शक्तिबहादुर बस्नेत लगायत, त्रिपुरेश्वरमा देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पौडेललयात खटिँदैछन्।



ट्रेन्डिङ पोस्ट

Ncell