PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

भक्तपुरमा दमननाथ ढुंगाना Vs महेश बस्नेत



भक्तपुरमा दमननाथ ढुंगाना Vs महेश बस्नेत

काठमाडौँ : भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ मा पूर्व सभामुख दमननाथ ढुंगाना र पूर्व मन्त्री महेश बस्नेत बीच रोचक प्रतिस्पर्धा हुने भएको छ। 

नेपाली कांग्रेसले यस क्षेत्रबाट ढुंगानालाई टिकट दिएको छ। २०४८ सालको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका मल्ल के सुन्दरलाई काठमाडौँको क्षेत्र नम्बर २ बाट पराजित गरी ढुंगाना प्रतिनिधि सभाका सभामुख बनेका थिए।

यस पटक उनको प्रतिस्पर्धा वाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार महेश बस्नेतसित हुँदैछ। एमाले अध्यक्ष केपी ओलीका विश्वासपात्र बस्नेत यसअघि उद्योग मन्त्री भइसकेका छन्। 

२३ वर्षकै उमेरमा भक्तपुरको गुन्डु गाविस अध्यक्ष भएका बस्नेत अघिल्लो संविधान सभा निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाटै पराजित भएका थिए। 

भक्तपुर २ मा मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिका पर्छ। स्थानीय तहको निर्वाचनमा यी नगरपालिकामा एमालेले २६ हजार १३५ मत ल्याएको थियो भने दोस्रो स्थानमा कांग्रेस रहेको थियो जसको भोट २१ हजार ११ थियो। माओवादीको भोट २६१६ थियो भने राप्रपाको २५९७। नेमकिपाले यहाँ २२८० भोट ल्याएको थियो। 




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell