PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

​भारतसँगको सम्बन्ध अप्रिय भएकोमा कुनै शंका छैन - प्रधानमन्त्री



  • पहिलोपोस्ट-
काठमाडौँ : प्रधानमन्त्री भएपछि पहिलोपटक राष्ट्रको नाममा सम्बोधन गरेका केपी शर्मा ओलीले आफ्नो सम्बोधनका क्रममा भारतले नेपाल माथि लगाएको नाकाबन्दीको ठाडो प्रतिरोध गरेका छन्। ओलीले भारतसँगको सम्बन्ध अप्रिय भएको समेत जनतालाई जानकारी गराएका छन्।

'भारतसँगको सुमधुर सम्बन्ध अप्रिय भएकोमा कुनै शंका छैन', प्रधानमन्त्री ओलीले आइतबार राष्ट्रको सम्बोधनका क्रममा भने।

प्रधानमन्त्रीले सीमामा अवरोध भनिएको बाहेकका नाकाबाट समेत इन्धन लगायतका सामाग्री दक्षिण नाकाबाट नआएको, अस्पतालहरुसँग औषधी नभएको, इन्धन अभावले पानी तान्न नसक्ने अवस्था उत्पन्न भएको र मानवीय संकटको निकट पुगेको बताए।

उनले भूकम्पका बेला भन्दा बढी अघोषित नाकाबन्दीले नेपाललाई धरासायी भएको बताए। 'भारतबाट तेल आपूर्ति नभई पढाइ रोकिएको भन्ने बुझेका विद्यार्थीहरुमा कस्तो मनोविज्ञान बन्छ होला', ओलीले भारतका विषयमा भने, 'दुइ देश बीचको सम्बन्धमा थप प्रतिकुलता उत्पन्न हुन नदिन आग्रह गर्दछु।'

एउटा सार्वभौम राष्ट्रले लोकतान्त्रिक संविधान जारी गरेकै कारण नाकाबन्दी जस्तो अमानवीय अवस्था सामाना गर्नुपर्ला भन्ने २१ औँ शताब्दीमा पनि सोचका सम्म पनि थिएनौँ', ओलीले सम्बोधनमा भनेका छन्।

प्रधानमन्त्रीले १ बर्षमा लोडसेडिङ अन्त्य, २ सय मेगावाट सौर्य उर्जा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने बताए।

उनले सम्बोधनमा चीनलाई इन्धन सहयोगमा धन्यवाद दिए। साथै छिट्टै व्यापारिक सम्झौता गर्ने र पेट्रोलियम आयात कार्य अगाडि बढाउने बताए।

तराई मधेशमा भएको आन्दोलनमा मृत्यु भएकाहरुलाई श्रद्धाञ्जली दिए। साथै वार्ताका लागि मधेश केन्द्रीत दलहरुलाई आव्हान गरे।

संविधान सशोधन हुन सक्ने र सीमांकन हेरफेर हुन सक्ने बताए। त्यस्तै मधेश केन्द्रीत दलहरुको आन्दोलनले मधेशकै जनता पीडामा रहेको उल्लेख गरे। 'देशलाई दीर्घकालिन असर पर्ने आन्दोलनबारे पुन: विचार गर्न आग्रह गर्दछु', प्रधानमन्त्रीले भने।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell