PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

द्वन्द्वपछिको अवस्थामा यौन हिंसाका तीन नाटक ​



द्वन्द्वपछिको अवस्थामा यौन हिंसाका तीन नाटक ​

काठमाडौं :  बिबिसी मिडिया एक्सन र सप्तकोशी एफएम ९० मेगाहर्जको सहकार्यमा निर्मित रेडियो नाटक श्रृंखला मुक्त आकाश मंसिर १ गतेदेखि प्रसारण हुने भएको छ। यस नाटक श्रृंखलाका दश भाग छन्। दश भागमा तीनवटा कथा प्रस्तुत हुनेछन्।

पहिलो कथा शोभाको साहस

सरकारी विद्यालयमा अध्ययनरत सामान्य परिवारमा हुर्किएकी शोभाको कथा प्रस्तुत गरिएको छ। शोभाका दाइ सुरजले माओवादी विद्रोहमा लाग्नका लागि आफ्नो अध्ययन बीचमै छाडेकाले शोभालाई पढाइमा मद्धत गर्न सक्दैनन्। गणितमा कमजोर शोभालाई पढाइदिने भन्दै गणित शिक्षक सविन सरले गरेको यौन हिंसाबाट पीडित शोभा र उनका साथीहरुले गरेको साहसी कदमलाई प्रस्तुत गरिएको छ। आफ्ना सन्तानले भनेको कुरालाई अभिभावकले राम्रोसँग बुझेर त्यस अनुरुपको कदम चाल्नुपर्ने कुरालाई पनि नाटकमा प्रस्तुत गरिएको छ।
 
सुनसरी जिल्लाको इटहरीमा रेकर्डिङ गरिएको यस नाटकमा गरिमा पाठककुसुम पौडेलरिन्छेन तामाङअर्जुन दाहालवर्षा केसीसुरेश कार्कीमनोज दाहालरोमा रिजालअनुजा पौडेलजिवी गजलरिया थापाआशिष दहालकंकबहादुर लिम्बुविनोद प्याकुरेलसुवास घिमिरेइन्दिरा निरौलाजस्मिन निरौलामोहम्मद स्राफेल, लोकनाथ गिरी, सुवास खत्री, दुर्गा गिरी लगायतका कलाकारले अभिनय गरेका छन्।

दोस्रो कथा मधेसी समुदायमा आधारित बलात्कार भइसकेपछि समयमा उजुरी नगरी प्रलोभनमा परेर घटना ढाकछोप गर्दाको परिणाम मुक्त आकाशको दोस्रो कथा ममताको मनोबलमा प्रस्तुत गरिएको छ। यो कथा तीन भागमा प्रस्तुत हुनेछ। तेस्रो कथा मनसराको दरिलो मन नाटक जनजाति समुदायमा आधारित छ। आफ्नै प्रेमीद्वारा बलात्कृत मनसराले न्यायको आशामा दरिलो भएर लडेको कथा यसमा प्रस्तुत गरिएको छ।

यो कथा ४ भागमा प्रस्तुत हुनेछ। मुक्त आकाश नाटक श्रृंखलाका लेखक अर्जुन दहाल, निर्देशक मनोज दहाल, निर्माताहरु रोमा रिजाल र रिया थापा तथा ध्वनी सम्पादक विष्णुप्रसाद निरौला छन्। यस नाटक निर्माणलाई बिबिसी मिडिया एक्सनकी मेन्टर प्रोड्यूसर आन्विका गिरीले सुपरीवेक्षण गरेकी हुन्। यस किसिमको रेडियो नाटक सुनसरी जिल्लामा पहिलो पटक निर्माण भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell