PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

​सँधैका लागि बन्द भयो ‘तीतो सत्य’



​सँधैका लागि बन्द भयो ‘तीतो सत्य’

  • पहिलोपोस्ट-
काठमाडौं : टेलिभिजन सिरियल ‘तीतो सत्य’ सँधैका लागि बन्द भएको छ। निर्माता कम्पनी मिडिया हब र निर्देशकबीचको सहमतिपछि यो हाँस्य श्रृङ्खलालाई औपचारिकरुपमै बन्द गरिएको जानकारी अभिनेत्री दीपाश्री निरौलाले दिइन् । 

‘हामीले ६ सय १ एपिसोडदेखि सिरियललाई नयाँ स्वरुपमा लैजाने योजना बुनेका थियौं तर, सँधैका लागि बन्द गर्ने सहमति भयो’ निरौलाले भनिन्, ‘हामीले डेढवर्षदेखि पाउनुपर्ने ५० लाख पारिश्रमिक अहिलेसम्म पाएका छैनौ। सोही कारण बन्द गर्नुपर्ने निर्णय भएको हो।’

तीतो सत्यका निर्देशक तथा कलाकार दीपकराज गिरीले फेसबुकमा लामो स्टाटस लेखेर १२ वर्षपछि तीतो सत्य बन्द गर्नुपरेकोमा दुख लागेको बताएका छन्।
 

तीतो सत्य आधिकारिक रूपमा बन्द गरियो: आदरणिय दर्शक महानुभाबहरू ६०० भाग सम्म निरन्तर प्रसारण भैरहेको नेपालकै स...

Posted by Deepak Raj Giri on Monday, November 16, 2015

पटक–पटक निर्माता र कलाकारबीच पारिश्रमिकलाई लिएर विवाद चल्दै आएको थियो। अन्य दुई श्रृंखला जिरे खुर्सानी र मेरी बास्सैको प्रसारण पनि अहिले बन्द छ। ‘तीतो सत्य’ले केही समयदेखि पुरानै एपिसोड प्रसारण गर्दै आइरहेको थियो। 

अब नयाँ सिरियल र फिल्ममा

अब के गर्ने? निरौलाले नयाँ सिरियलका लागि केही टेलिभिजनसँग छलफल भइरहेको बताइन्। ‘दर्शकको मायाबाट टाढा बस्न सकिँदैन यसकारण ढिलोचाँडो हामी नयाँ सिरियल लिएर दर्शकमाझ आउँदैछौं’ निरौलाले भनिन्, ‘केही च्यानलसँग सल्लाह भइरहेको छ।’

उनले तत्काल भने दीपकराज गिरी, निर्मल शर्मा र आफ्नो टीम नयाँ बन्न लागेको सिनेमा ‘छ माया छपक्कै लाइदेउ’मा व्यस्त हुने बताइन्। टीमले बनाएको सिनेमा ‘वडा नम्बर ६’ हालै रिलिज भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell