PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

​प्रबल गुरुङको डिजाइनमा सजिइन् सिएनएन हिरो म्यागी



​प्रबल गुरुङको डिजाइनमा सजिइन् सिएनएन हिरो म्यागी

  • पहिलोपोस्ट-
काठमाडौं : यसवर्षको सिएनएन हिरो म्यागी डाउनेले सिएनएन हिरोको अवार्ड ग्रहण गर्दा नेपाली मूलका फेसन डिजाइनर प्रबल गुरुङको डिजाइन लगाइन्। प्रबलले गतवर्ष आफ्नो पुर्खाको थलो हिमालपारिको जिल्ला मुस्ताङको जैविक विविधता र सगरमाथा झल्कने गरेर उक्त ड्रेस डिजाइन गरेका थिए।

लामो समयदेखि नेपाली बालबालिकाको क्षेत्रमा कार्य गर्दै आइरहेकी अमेरिकी नागरिक म्याडी डाउनेले गएराति न्यूयोर्कमा आयोजित एक भव्य समारोहमा अवार्ड ग्रहण गरेकी हुन्। सीएनएनले उनलाई नेपालका सयौं बालबालिकाको उद्दारमा योगदान दिएको लेखेको छ।

सुर्खेतमा खोलिएको असहाय केन्द्रमा म्यागीले सयौं अनाथ बालबालिकालाई स्याहार्दै आइरहेकी छिन्। जीवनको खतरामा परेका बालबालिकालाई म्यागीले सामाजिक संस्था ब्ल्किनाउ फाउन्डेसनसँग मिलेर शिक्षा पनि प्रदान गर्दै आइरहेकी छिन्।  

सोनम कपुरले दिइन् बधाई

‘प्रेम रतन धन पायो’ की अभिनेत्री सोनम कपुरले नेपाली फेसन डिजाइनर प्रबल गुरुङसँग फिल्म सफलताको खुशी साटेकी छिन्। एक टेलिभिजनसँगको अन्तवार्तामा सोनमले उक्त फिल्मको डबम्यास आइडिया सिकाइदिएकोमा प्रबललाई धन्यवाद दिएकी छिन्।

बिबिसि एसियन नेटवर्कको अन्तर्वार्तामा सोनमले प्रबललाई थ्याक्यु भनिन्। प्रबल र सोनम राम्रा साथी हुन्। यसैवर्ष प्रबलकै डिजाइनमा सोनमले रेडकार्पेट नापेकी थिइन्। प्रबलले पनि फिल्म सफलताको लागि सोनमलाई ट्विटरमार्फत बधाइ दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell