PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

‘प्लेब्वाइ’ नाम राख्दा भुवन र प्रकाशकबीच विवाद



‘प्लेब्वाइ’ नाम राख्दा भुवन र प्रकाशकबीच विवाद

  • पहिलोपोस्ट -
काठमाडौं :अभिनेता भुवन केसी र उनको बायोग्राफी प्रकाशकबीच विवाद चुलिएको छ। विवादले समयमै प्रकाशन हुनुपर्ने उनीमाथि लेखिएको पुस्तक बजारमा आउन ढिला भएको हो।
 
विवादको कारण हो –पुस्तक नामाकरणमा उत्पन्न असहमति। प्रकाशकले पुस्तकको नाम ‘प्लेब्वाइ’ राख्न खोजेका छन्। आकर्षक शीर्षक राखे बजारमा पुस्तक बिकाउन सजिलो हुने उनीहरुको स्वार्थ छ।
 
तर, ‘प्लेब्वाइ’ नाम राखिए आफ्नो छवि बिग्रने भुवन तर्क छ। यी तर्क र वितर्कले समयमै पुस्तक छापिने कुरामा अन्यौलता बढेको छ। एकजना घोस्ट राइटर कमल ढकालले पुस्तक लेखेका हुन्।
 
पुस्तक लेख्नु अगाडि भुवनले लेखकबाट अढाइ लाखको चेक बुझेका थिए।
 
पुस्तकमा भुवनको बाल्यकाल, फिल्म करियर, महिलासँगको सम्बन्ध लगायतका रोचक कुरा समेटिएका छन्। केही वैवाहिक जीवन असफल भैसकेका भुवनको नाम महिलाहरुसँग जोडिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell