PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

जेपी गुप्ताको नेतृत्वमा नयाँ मधेसी गठबन्धन गठन



जेपी गुप्ताको नेतृत्वमा नयाँ मधेसी गठबन्धन गठन
फोटोः kathmandutoday.com

काठमाडौं : मधेस केन्द्रित चारवटा दलले नयाँ मोर्चा गठन गरेका छन्। जेपी गुप्ताको तराई मधेस राष्ट्रिय अभियान, शरतसिंह भण्डारीको तराई मधेस समाजवादी पार्टी, राजकिशोर यादवको फोरम गणतान्त्रिक र अनिल झाको नेपाल सदभावना पार्टी मिलेर ‘संघीय समावेशी मधेसी गठवन्धन’ बनाएका हुन्।

शनिबार जनकपुरमा पत्रकार सम्मेलन गरेर नयाँ मोर्चा गठनको घोषणा गरिएको छ।  तराई मधेसको आन्दोलनलाई ‘प्रभावकारी, निर्णायक र सहभागितामुलक बनाउने गठबन्धनको उद्देश्य रहेको’ तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले जानकारी दिए।

त्यसका लागि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, थारु, मुस्लिम र दलितसँग पनि छलफल गर्ने गुप्ताले बताए। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई आन्दोलनका अरु पक्ष र सरोकारवालासँग छलफल नगरेको र उसका माग र व्यवहारमा समेत बेमेल देखिएकोले छलफल आवश्यक रहेको गुप्ताले बताए।

भण्डारीको तराई मधेस समाजवादी पार्टी र राजकिशोरको फोरम गणतान्त्रिक पहिले विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चामा थिए। तर, गच्छदार सरकारमा गएपछि उनीहरु त्यसबाट अलग भएका थिए। अनिल झाको पार्टी साना दलहरुको संघीय मधेसी मोर्चामा थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell