PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

​तीन लाख किलो दाउरा वितरण, दाउरा लिन नागरिकता नचाहिने



​तीन लाख किलो दाउरा वितरण, दाउरा लिन नागरिकता नचाहिने

काठमाडौं : द टिम्बर कर्पोरेसनले हालसम्म तीन हजार ७५ परिवारलाई करिब तीन लाख पाँच हजार केजी दाउरा सर्वसाधारणलाई वितरण गरेको छ। 

भारतीय नाकाबन्दीको कारण खाना पकाउने ग्याँसको चरम अभाव भएपछि कर्पोरेशनले उपत्यका भित्रका काठमाडौँ, भक्तपुर र ललितपुरको डिपोबाट घरायसी प्रयोजनको लागि दाउरा गत असोज २९गतेदेखि उपलब्ध गराउँदै आएको छ। 

वन तथा भू संरक्षण मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्यद्वारा सोमबार यहाँ जारी विज्ञप्तिमा कर्पोरेशनको भक्तपुर ठिमी र काठमाडौको स्वयम्भू अस्थायी डिपोबाट पनि प्रति परिवार एकसय किलो दाउरा वितरण सुरु भएको उल्लेख गरिएको छ। 

विज्ञप्तिमा दाउरा घरायसी प्रयोजनका लागि मात्र प्रयोग गरिदिन र दाउरा लिनको लागि नागरिकता नचाहिने विज्ञप्तिमा स्पष्ट पारिएको छ। वन मन्त्रालय अन्तर्गतको कर्पोरेसनले उपत्यकाका विभिन्न स्थानमा पनि दाउरा वितरणका लागि डिपो विस्तार गर्न लागेको जनाएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell