PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

​संविधान संशोधन प्रस्ताव सकारात्मक तर अपुरो : उपेन्द्र यादव



​संविधान संशोधन प्रस्ताव सकारात्मक तर अपुरो : उपेन्द्र यादव

काठमाडौं : सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी, आदिवासीलगायत सीमान्तकृत वर्गको अधिकारका लागि मधेस आन्दोलन भएको बताएका छन्।
 
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष यादवले ‘वर्तमान संविधानले मधेसी जनताको भावनालाई उपेक्षित गरेकाले’ आन्दोलन गर्न मधेसी जनता बाध्य भएको स्पष्ट पारे।
 
उहाँले वर्तमान राजनीतिक सङ्कट शताब्दीयौँदेखि खसआर्य उच्च जातिका शासक वर्गले मुलुकको शासन र शक्तिमा एकाधिकार गरी मधेसी, आदिवासी, जनजाति सबैको अधिकार खोसी पहिचान समाप्त पारेको कारण उत्पन्न भएको बताए।
 
अध्यक्ष यादवले अहिलेको संविधानमा समावेशी, समानुपातिक प्रतिनिधित्व नभएकाले नेपाली कांग्रेस नेतृत्वको सरकारले व्यवस्थापिका–संसद्मा संविधान संशोधन प्रस्ताव ल्याएकामा सकारात्मक भएको तर यसले मात्र मधेसको समस्या समाधान नहुने स्पष्ट पारे।
 
अध्यक्ष यादवले मधेस आन्दोलन राजनीतिक समस्याबाट भएको भन्दै यसको समाधान पनि राजनीतिक तवरबाटै टुङ्ग्याउनुपर्ने बताए। उनले राज्य पुनःसंरचना आयोगको प्रतिवेदन कार्यान्वयन गरेमा धेरै समस्या समाधान हुने बताउँदै त्यसका लागि तयार हुन सरकारलाई आह्वान गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell