PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

‘कबड्डी कबड्डी’ प्रिमियरमा जे देखियो



‘कबड्डी कबड्डी’ प्रिमियरमा जे देखियो

  • पहिलोपोस्ट
काठमाडौं : आज तीन सिनेमा रिलिज भएका छन्। ‘कबड्डी कबड्डी’, ‘जाऊँ हिँड पोखरा’ र बलिउडको ‘तमासा’ । रिलिजको पूर्वसन्ध्यामा ‘कबड्डी कबड्डी’ प्रिमियर गरियो।

संचार प्रविधिमन्त्री शेरधन राई समेत उपस्थित प्रिमियरमा घरेलु फिल्मका ठूला नामहरु सहभागी रहे। सिनेमा नीतिको प्रभावकारी कार्यान्वयनमा सरकार दत्तचित्त रहेको भन्दै मन्त्री राईले फिल्म सफलताको शुभकामना दिए। 

रामबाबु गुरुङ निर्देशित सिनेमा शुक्रबार मल्टिप्लेक्स सहितका एकल पर्दामा रिलिज भएको छ। दयाहाङ राई, सौगात मल्ल, रिस्मा गुरुङ, निश्चल बस्नेत, प्रियंका कार्की अभिनित सिनेमा ‘कबड्डी’को दोस्रो संस्करण हो। 

प्रिभ्यू समीक्षामा सिनेमालाई मिश्रित प्रतिक्रिया मिलेको छ। कतिले यसलाई मनोरन्जक भनेका छन् भने कतिले दिग्दारी। रामबाबुले उपेन्द्र सुब्बासँग मिलेर पटकथा लेखेका हुन्। मुस्ताङको थकाली समुदायमा रहेको फुपुचेला भगाउने प्रथा र संसदीय चुनाव फिल्मको कथा हो। 

शोभित बस्नेत निर्देशित जाऊँ हिँड पोखरामा रेखा थापा र जीवन लुइँटेलको अभिनय छ। रणवीर कपुर र दिपिका पादुकोण अभिनित ‘तमासा’लाई इम्तियाज अलीले निर्देशन गरेका हुन्। 









 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell