PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

​काठमाडौंको क्यासिनोमा सन्नी लियोनीको डान्स



​काठमाडौंको क्यासिनोमा सन्नी लियोनीको डान्स

  • पहिलोपोस्ट-
काठमाडौं : बलिउड अभिनेत्री सन्नी लियोनीले शनिबार राती काठमाडौंको एक क्यासिनोमा हट नृत्य पस्किएकी छिन्। क्यासिनो मजोङमा उनले बलिउडका आइटममा आफ्नो बोल्ड डान्स देखाइन् । 

आफु ब्रान्ड एम्बेसडर रहेको जिङ्क भोड्काले सन्नीलाई काठमाडौं ल्याएको थियो। पति डेनियल वेभरसँग उनले मजोङमा नृत्य पस्किइन्, सबैलाई फ्लाइङ किस दिइन् अनि सेल्फी हानिन्। उनी शनिबार दोश्रो पटक काठमाडौं आएकी हुन्।

उनले आफु आइतबार बिहानै मुम्बइतर्फ प्रस्थान गरेको ट्विटर मार्फत जानकारी गराएकी छन्। दोस्रोपटक आइपुगेकी सन्नीले नेपाल आफूलाई विश्वमै मनपर्ने देश भएको र आउँदा उत्साहित भएको बताएकी थिइन्। 






@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell