PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

​ देश जटिल अवस्थामा पुग्दा पनि प्रम गम्भीर नबन्नु रहस्यमय : प्रकाशमान



​ देश जटिल अवस्थामा पुग्दा पनि प्रम गम्भीर नबन्नु रहस्यमय : प्रकाशमान

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले देश जटिल अवस्थामा पुग्दासमेत प्रधानमन्त्रीले सक्रियता नदेखाउनु रहस्यमय भएको बताएका छन्। काठमाडौंमा भएको कायक्रममा महामन्त्री सिंहले देश जटिल परिस्थितिमा पुग्दा समेत प्रधानमन्त्रीले सरोकारवालासँग छलफल समेत नगर्नुले समस्या झन् जटिलतातर्फ जानसक्ने खतरा औल्याए।
 
‘देश एकदमै जटिल मोडमा पुगेको छ, तर प्रधानमन्त्री सरोकारवाला पक्षसँग समेत छलफल नगरी बस्नुभएको छ,’ महामन्त्री सिंहले भने, ‘यसले परिस्थिति थप जटितातर्फ जाने संकेत गर्दछ।’

उनले सरकाका मन्त्रीहरु समाधान उन्मुख हुनु र काम गर्नुको साटो भाषणमा सीमित भएको बताए।

‘सरकारका मन्त्रीहरुले समस्या समाधानमा काम गर्नुपर्ने हो, तर असहिष्णु भाषणमा सीमित हुनुभएको छ,’ उनले भने, ‘म सबै पक्षलाई जिम्मेवार बन्न र भाषण भन्दा कामलाई महत्व दिन मन्त्रीहरुलाई पनि आह्वान गर्दछु।’ उनले कांग्रेस समाधानमा लागि रहेको भन्दै सीमाङ्कन परिवर्तनदेखि संविधान संशोधनसम्म कांग्रेसले सक्रियता लिने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell