PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

संसदको कार्यसञ्चालन नियमावली समितिको सभापतिमा राधेश्याम अधिकारी



संसदको कार्यसञ्चालन नियमावली समितिको सभापतिमा राधेश्याम अधिकारी

  • रमेश वाग्ले/पहिलोपोस्ट -
काठमाडौं : संसदको कार्यसञ्चालन नियमावली समितिको सभापतिमा राधेश्याम अधिकारी चयन भएका छन्। समितिको पहिलो कार्य सञ्चालन नियमावली तयार गर्नु हुनेछ। अहिले संसद अन्तरिम नियमावली मार्फत सञ्चालन हुँदै आएको छ।

यसअघि एमाओवादीले पनि नियमावली समितिको सभापति दावी गर्दै आएको थियो। एमाओवादीका सांसद रामनारायण बिडारीलाई एमालेले पनि समर्थन गरेको थियो। तर कांग्रेस संसद प्रतिपक्षको हुने भन्दै समितिमा दाबेदारी प्रस्तुत गरेको थियो।

मंगलबार समिति बैठकमा एमालेका कृष्णभक्त पोखरेलले नै अधिकारीको नाम सभापतिमा प्रस्ताव गरेका थिए। उनले संसदमा प्रतिपक्षको सहयोगको आशा स्वरुप सहमतिमा अधिकारीको नाम प्रस्ताव गरिएको बताए।

समिति अन्तर्गत मस्यौदा निर्माण उपसमिति गठन भएको छ। उपसमितिलाई दश दिन भित्र कार्य सञ्चालन नियमावली तयार गर्ने जिम्मेवारी दिइएको छ। मस्यौदा समितिको संयोजकको जिम्मेवारी भने एमाओवादीका रामनारायण बिडारीले पाएका छन्।

अधिकारी चयन हुनु अघि जेष्ठ सदस्यको रुपमा लक्ष्मण राजवंशी समितिका सभापति थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell