PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

​लाजिम्पाटमा पनि बाजेको सेकुवा, कलंकीमा पनि नयाँ शाखा खोल्ने तयारी



​लाजिम्पाटमा पनि बाजेको सेकुवा, कलंकीमा पनि नयाँ शाखा खोल्ने तयारी

काठमाडौं : बाजेको सेकुवाले काठमाडौंको लाजिम्पाटमा नयाँ फ्रान्चाइज खोलेको छ। यसअघि नै १० वटा शाखा सञ्चालनमा ल्याइसकेको बाजेको सेकुवाले बिहीबारबाट नयाँ फ्रान्चाइज सञ्चालनमा ल्याएको हो।

बाजेको भेन्चर अन्तर्गत सञ्चालन हुने फ्रान्चाइज रविना श्रेष्ठले सञ्चालन गर्न लागेकी हुन्। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले यो फ्रान्चाइजको उदघाटन गरे। उनले अहिलेको विषय परिस्थितिमा पनि व्यवसाय विस्तार गर्नु महत्वपूर्ण भएको भन्दै बाजेको सेकुवाले सकारात्मक पहल गरेको बताए।

कार्यक्रममा बाजेको सेकुवाका अध्यक्ष चेतन भण्डारीले आफूहरुले नेपाली घरेलु कम्पनीले फ्रान्चाइज मोडलमा देशभरि शाखा विस्तार गरेको यो नै पहिलो प्रयास भएको बताए। उनले अहिलेको समय कठिन भए पनि कम्पनीले अर्थतन्त्रलाई चलायमान रहेको देखाउन यो निर्णय गरेको बताए।
बाजेको सेकुवाका सिइओ सुशील खड्काले चार महिना भित्रमा कम्पनीले कलंकीमा नयाँ फ्रान्चाइजको सुरुवात गर्ने बताए। उनले अहिले सबै वस्तुहरुको भाऊ उच्च गतिमा वृद्धि भइरहेको भन्दै व्यवसाय गर्न कठिन अवस्था रहे पनि कम्पनीले ग्राहकलाई उत्कृष्ठ सेवा दिने बताए।

'देशको समस्या जटिल भए पनि व्यवसायीहरु आफ्नो योजना होल्ड गरेर बस्न सक्दैनन्,' उनले भने, 'हामीले छिट्टै विदेशमा पनि जाने तयारी गरिरहेका छौं। बाजेको सेकुवाको प्याकेट मिट मसला पनि छिट्टै ल्याउछौं।'

बाजेको सेकुवाले प्याकेटमा मिट मसला सुपरमार्केटमा उपलब्ध गराउने तयारी गरेको छ। बाजेको सेकुवाको सेन्ट्रल किचेन कमलपोखरी काठमाडौंमा रहेको छ। यसका अतिरिक्त पोखराको नागढुंगा, ललितपुरको सातदोबाटो, काठमाडौंको बत्तीसपुतली, सोह्रखुट्टे लगायतका स्थामा फ्रान्चाइज सञ्चालित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell