PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

आइओसीले धनगढीबाट गएका सबै गाडीमा लोड गर्न थाल्यो इन्धन



आइओसीले धनगढीबाट गएका सबै गाडीमा लोड गर्न थाल्यो इन्धन

धनगढी : सुदूरपश्चिम क्षेत्रका लागि इन्धन भर्न गएका सबै गाडीहरुमा केही दिनयता भारतीय आयल निगमको बन्थरा डिपोले इन्धन लोड गरेर पठाउन थालेको छ। 

अघोषित नाकाबन्दीका कारण एक हप्ताअघिसम्म दैनिक बढीमा चार/पाँच गाडीमा मात्रै इन्धन भरी पठाउने बन्थरा डिपोले चार दिनदेखि इन्धन लिन गएका सबै गाडीमा इन्धन भरिदिने गरेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ। 

बुधबार पेट्रोल र डिजेलका १६ गाडी इन्धन उपलब्ध गराएका उनीहरुले बिहीबार १४ गाडीमा इन्धन भरी पठाएका थिए। यस्तै शुक्रबार चार गाडी भित्रिएकामा शनिबार थप २० गाडीमा इन्धन भरी पठाएको कार्यालयका सूचना अधिकृत शिवराज भण्डारीले जानकारी दिए। 

अघोषित नाकाबन्दीयता पहिलो पटक गएजति गाडीमा भारतीय आयल निगमले लोड गरेर पठाउन थालेको हो।  

इन्धन आयातको परिमाण बढेको भए पनि सुदूरपश्चिममा अझै पनि यसको अभाव भने यथावत रहेको छ। भित्रिने न्यून परिमाणको इन्धन बिक्री वितरण मङ्सिर पहिलो हप्तादेखि गर्ने तयारी जिल्ला आपूर्ति समितिले गरेको छ। 

उता कैलाली भन्सार कार्यालयले पनि केही दिनदेखि मालबाहक गाडी सहज रुपमा भित्रिइरहेको जनाएको छ। सुरुको अवस्थाको तुलनामा कैलाली भन्सार कार्यालय सीमा नाकाबाट मालबाहक गाडी बिनाअवरोध भित्रिइरहेको कार्यालयका अधिकृत मानप्रशाद विकले बताए। 

‘सुरुको अवस्थामा दैनिक ५/६ गाडीमात्रै भित्रिने गरेका थिए विकले भने– केही दिनदेखि दैनिक ५०/६० मालबाहक गाडी भित्रिइरहेका छन्।‘ रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell