PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

​क्रिटिक्सलाई सम्मान गर्न सिक्नुस् : दीपकराज गिरी



​क्रिटिक्सलाई सम्मान गर्न सिक्नुस् : दीपकराज गिरी

  • पहिलोपोस्ट-
काठमाडौं : अभिनेता दीपकराज गिरीले क्रिटिसिज्मलाई सम्मान गर्न आग्रह गरेका छन्। उनले आफ्नो सिनेमालाई नराम्रो भनेपछि उफ्रने प्रवृत्ति त्याग्न समेत अपील गरे। उनले समीक्षकको धारणामात्रै सर्वमान्य पनि नहुने जनाएका छन्।
 
सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट गर्दै गिरीले पौराणिक पात्र सिकन्दरको चर्चा गर्दै आलोचना सुन्नसक्ने मात्र सिकन्दर कहलिने बताए। ‘यहाँ कोही व्यक्ति सबैले राम्रोराम्रो भनेको मात्र सुन्दा नराम्रो सुन्नै नसक्ने भए,’ गिरीले लेखेका छन्, ‘आफ्नो चलचित्रलाई केही नराम्रो भन्यो भने उफ्रने प्रवृत्ति गलत हो।’
 
'कबड्डी कबड्डी कमजोरीबिनाको फिल्म होइन। ‘वडा नम्बर ६’ लगायत अरु सबै कमजोर चलचित्र हुन्,’ दीपकले लेखेका छन्। बक्स अफिसमा राम्रो प्रदर्शन गरे पनि सिनेमा ‘कबड्डी कबड्डी’ले मिश्रित समीक्षा बटुलेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell