PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

​चुनाव अगाडि नै नन्दिता केसी कलाकार संघमा निर्वाचित



​चुनाव अगाडि नै नन्दिता केसी कलाकार संघमा निर्वाचित

  • पहिलोपोस्ट -
काठमाडौं : चुनाव नहुँदै अभिनेत्री नन्दिता केसी कलाकार संघको सहकोषाध्यक्ष पदमा निर्वाचित भएकी छिन्। मंसिर २६ गते हुने चुनावका लागि शनिबारलाई उम्मेदवारी दर्ताको सीमा तोकिएको थियो। 

केसी निर्विरोध निर्वाचित भएकी हुन्। कलाकार संघको छाता संस्थामा नेतृत्वका लागि रामकेशर बोगटी, लय संग्रौला र विशाल विष्ट आकांक्षी देखिएका छन्। 

उपाध्यक्षमा रेजिना उप्रेती, मनोज केसी, सानुकुमार ताम्राकार र जेनी कुवँरको उम्मेदवारी छ। मनोज चलचित्र प्राविधिक संघ नेफ्टाका निवर्तमान अध्यक्ष एवं कार्यसमितिका एकजना पदाधिकारी पनि हुन्। 

महासचिवमा सरिता लामिछाने, कृष्ण ढुंगाना र उत्तम केसीबीच प्रतिस्पर्धा हुनेछ। सचिवमा संजय खतिवडा र चेतबहादुर सिंहले उम्मेदवारी दिएका छन्। 

१० सदस्यका लागि १९ जनाले दाबी गरेका छन्। चुनावले २१ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ। कूल ५ सय ७० मतदाताले मताधिकार प्रयोग गर्ने अध्यक्ष नवल खड्काले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell