
काठमाडौं : भारतीय विदेशमन्त्री भारतको माथिल्लो सदनमा नेपाल बहसमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन कडा रुपमा प्रस्तुत त भइन् तर उनले जबरजस्त झुटलाई पनि स्थापित गर्ने प्रयास गरिन्। नेपालमा भइरहेको नाकाबन्दीको विषयमाथि माथिल्लो सदनमा छलफल भएको थियो। नेपालकै विषयमा २ घन्टा ३० मिनेटभन्दा लामो बहसमा उठेका प्रश्नमाथि जवाफ दिने कार्यक्रम अन्त्यमा थियो। उनले कुटनीति शैलीमा सटिकरुपमा जवाफ त दिइन् तर उनले आफ्ना कुरा स्थापित गर्न झुटको साहरा लिइन् जसको सामाजिक सञ्जालमा व्यापक आलोचनासमेत भयो। आखिर के थियो त सुष्मा स्वराजका झुट ?
झुट नम्बर १
सदनमा सुष्माको पहिलो झुट थियो नेपालको संविधानमा व्यवस्था भएको नागरिकताको प्रावधान। उनले नेपालको संविधानमा वैवाहिक अंगिकृत नागरिकताको प्रावधान समाप्त गरिएको उनको दलिल पूर्णत गलत थियो। उनले अन्तरिम संविधानमा भएको व्यवस्था हटाइएको भन्ने गलत तर्क गरेकी हुन्। संविधानको धारा ११ को उपधारा ६ मा यस्तो व्यवस्था छ।.jpg)