PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

​भारतीय राजघरानाका दाइलाई नेपाली राजपरिवारबाट बहिनीको फोन : हालत खराब भो



​भारतीय राजघरानाका दाइलाई नेपाली राजपरिवारबाट बहिनीको फोन : हालत खराब भो

  • राजेश मिश्रा/दैनिक जागरण -
मथुरा : नेपालको राजघरानाबाट जब बहिनीले भारतीय राजघरानामा आइतबार फोन गर्दै भनिन् – भाइ नेपालको हालत खराब भयो। न बिजुली छ, न डिजेल। हामी गुइँठामा रोटी सेकिराखेका छौँ।

बहिनीको फोन पछि भारतको अवागढ राजघरानाका कुँवर नरेन्द्र सिंह दु:खी बने। बहिनीको फोनका कारण सिंहको मुटुको एक्कासी धड्कन बढ्यो। नेपालको राजधानी काठमाडौँमा पछिल्लो समय बिजुली, पानी जस्ता अत्यावश्यक वस्तुहरु समेत अभाव रहेको छ। हरेक सामानको संकट बढेको छ। मानिसहरु भारततर्फ नज लगाएर बसेका छन्।

बहिनीको फोनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेर नरेन्द्र सिंहले नेपालमा प्रभावकारी भूमिका निर्वाह गर्न भनेका छन्। उनले नेपालसँग सम्बन्ध रहेका राजघरानाहरुलाई एकजुट हुन आग्रह समेत गरेका छन्।

नयाँ संविधान लागू भएपछि छिमेकी नेपाल मधेसी आन्दोलनको चपेटामा छ। भारतबाट प्राप्त हुने सहयोग बन्द भएपछि अवस्था झन् खराब बन्दै गएको छ। अवागढ राजघरानाका कुवँर नरेन्द्र सिंहकी बहिनी राजकुमारी शशीप्रभाको राजा वीरेन्द्रका काकाका छोरा बसन्तविक्रम शाहसँग विवाह भएको थियो।

नरेन्द्र सिंहलाई शशीप्रभाले भनेकी थिइन् – भाइ डिजेलबिना जेनेरेटर सो-पिस बनेको छ। खाना पकाउने ग्यास पनि छैन। हामी दाउरा र गुइँठाबाट रोटी सेकिरहेका छौँ। बिजुलीको अभावमा इन्भर्टर चार्ज भएको छैन। नेपालमा आम जनता भारततिर आशा भरिएको नजरले हेरिराखेका छन्।

नरेन्द्र सिंहले भारतीय प्रधानमन्त्रीलाई लेखेको पत्रमा भनेका छन् – नेपाल र भारतबीच रोटी-बेटीको सम्बन्ध छ। राजघरानाको मात्र होइन, आम परिवारमा पनि यस्तै सम्बन्ध छ। नेपालको विषय लिएर चीनको नियत ठीक छैन। भारतको लापरवाही तथा नेपाल मामिला सम्बोधनमा भएको ढिलाइको फाइदा उठाएर चीनले आफ्नो स्वार्थपूर्ति गर्न सक्छ।

'जागरण' पत्रिकासँगको कुराकानीमा राजघरानाका कुँवर नरेन्द्र सिंहले रोटी-बेटीको सम्बन्ध प्रष्ट्याएका छन्।  मेरो आफ्नै फुपु रानी लक्ष्मीकुमारी हुन्। उनको विवाह ७० वर्ष पहिला नेपालको राणा परिवारसँग भएको थियो। लाल दरबार (हालको याक एन्ड यति होटल) मा शार्दूल शमशेर जंगबहादुर राणासँग फुपुको विवाह भएको थियो। मेरो आफ्नै बहिनी शशीप्रभाको विवाह नेपालको राजघरानासँग भएको छ।


काश्मिरका डा कर्ण सिंह, ग्वालियरका सिधिंया, छत्तिसगढका सरभुजा राजघराना, जोधपुरको राजपरिवार सहित देशको तमाम राजपरिवारको नेपालसँग सम्बन्ध छ। सिंहले सबै राजपरिवारलाई एकजुट गरेर प्रधानमन्त्री मोदीसँग भेट्ने तयारी गरेको बताए। 'अनि हामी नेपाल गएर त्यहाँको बिग्रिएको सम्बन्ध सुधार गर्ने प्रयास गर्छौँ',' उनले भनेका छन्।

भारत र नेपालको सम्बन्ध मजबुत र प्रगाढ बनाउन तत्कालीन प्रधानमन्त्री वीपी सिंहले भारत-नेपाल मैत्री संघ बनाएका थिए। नरेन्द्र सिंह प्रश्न गर्छन् – यस्तो अवस्थामा मैत्री संघ के गर्दैछ?

हेर्नस् पत्रिका-

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell