PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

​तेन्जिङ शेर्पाको छोराले ल्याउँदै इनर्जी ड्रिङ्क तेन्जिङ, सहकार्यमा रेड बुल छाडेका बोखेल



​तेन्जिङ शेर्पाको छोराले ल्याउँदै इनर्जी ड्रिङ्क तेन्जिङ, सहकार्यमा रेड बुल छाडेका बोखेल

काठमाडौं : इनर्जी ड्रिङ्क रेड बुलका पूर्व प्रमुख वितरक हविव भ्यान बोखेलले नयाँ इनर्जी ड्रिङ्क बनाएको छ – तेन्जिङ। एडमन्ड हिलारीसँगै पहिलो पटक सगरमाथा शिखर टेक्ने तेन्जिङ नोर्गे शेर्पाका छोरा जाम्लिङ तेन्जिङसँगको पार्टनरसीपमा यस्तो इनर्जी ड्रिङ्क बजारमा ल्याइएको हो जसले सोझै रेड बुलसँग प्रतिस्पर्धा गर्ने फुडवेभमिडियाले जनाएको छ।

८ वर्ष लगातार काम गरेर गत डिसेम्बरबाट रेड बुल छाडेका भ्यान बोखेलले नयाँ प्रडक्ट लन्च गर्ने अन्तर्वार्ता दिएका थिए। ‘आर्टिफिसियल तत्वहरु राखिएर बनाइएको इनर्जी ड्रिङ्कको बजार स्याचुरेटेड भइसकेको छ,’ उनले भनेका छन्, ‘सेन्थेटिकल्ली बनाइएका इनर्जी ड्रिङ्कको अब आवश्यकता छैन, यदि सहजै प्राकृतिक रुपमा यस्ता पेश उपलब्ध हुनसक्छ भने। त्यसैका लागि हामीले एक वर्षदेखि मेहनत गर्दै आएका छौं।’

यो इनर्जी ड्रिङ्क नेपालका हिमाल आरोही शेर्पाहरुको प्राकृतिक क्षमताबाट प्रेरित छ र यसमा यसमा सबै प्राकृतिक तत्वहरुको समिश्रण छ। तेन्जिङमा हिमालयन नुन, ब्राजिलको कागती, केन्याको ग्रिन कफी र ग्रिन टी र नेदरल्यान्डको चिनी रहेको छ। र, यसमा रेड बुलमा भएभन्दा आधामात्र चिनीको प्रयोग गरिएको छ।

यो कम्पनीले आम्दानीको ५ प्रतिशत भने वातावरणको दिगो विकासका योजनामा खर्चनेछ। कम्पनीले तेन्जिङको फोटोग्राफर टिम नुनले सुरु गरेको प्लास्टिक प्रोजेक्टमा लगानी गर्नेछ। हिमालय क्षेत्रमा तेन्जिङ नोर्गेका परिवारले वातावरण संरक्षणका क्षेत्रमा योगदान पुर्याउँदै आएको छ।

गामी मे महिनामा उनीहरुले सगरमाथा आधार सिविरसम्म विभिन्न ठाउँमा फोहर प्रशोधन र व्यवस्थापन गर्ने कार्यक्रम लागू गर्दैछन्।

सन् १९५३ मा तेन्जिङ नोर्गे र न्युजिल्यान्डका एडमण्ड हिलारीले संयुक्त रुपमा सबैभन्दा अग्लो शिखर सगरमाथाको सफल आरोहण गरेका थिए। त्यसको ५० वर्षपछि नेपालमा मनाइएको सगरमाथा स्वर्ण महोत्सवमा हिलारी र तेन्जिङका परिवारका सदस्यहरु सहभागी भएका थिए। उनीहरुलाई काठमाडौंमा रथारोहण गरिएको थियो।

हिमाल आरोहणमा ख्याती कमाएका शेर्पाकै ब्रान्डबाट एक्सपेडिसन र ट्रेकिङमा आधारित उत्पादन शेर्पा कम्पनीले गर्दै आएको छ जसले ख्यातीप्राप्त मल्टिनेसनल कम्पनीहरुसँग ग्लोबल मार्केटमै प्रतिस्पर्धा गरिरहेको छ। शेर्पाकै नाम जोडेर सुरु भएको इनर्जी ड्रिङ्कले रेड बुललाई कति टक्कर दिन्छ अथवा हिमाली नेपालीको नामलाई कति स्थापित गर्छ त्यो भने हेर्न बाँकी नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell