PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

​‘लस्ट इन ट्रान्जिसन’ बाट कुटनीतिज्ञ लेखनतिर



​‘लस्ट इन ट्रान्जिसन’ बाट कुटनीतिज्ञ लेखनतिर

काठमाडौं : नेपालको दशक लामो संक्रमणकालको नालीबेलीसहित चिरफार गर्दै संयुक्त राष्ट्र संघका पूर्व उच्च कूटनयिक कुलचन्द्र गौतम लेखकका रुपमा उपस्थित हुँदैछन्।
 
संक्रमणलका उतारचढावको विश्लेषणसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भूमिकाको आलोचनात्मक दृष्टिकोणको उनको अंग्रेजी पुस्तक ‘लस्ट इन ट्रान्जिसनः रि बिल्डिङ नेपाल फ्रम दी माओइस्ट मेहेम एन्ड मेगा अर्थक्वेक’ पब्लिकेसन्स् नेपालयले प्रकाशन गर्दैछ।
 
माओवादी द्वन्द्वदेखि संविधान निर्माणको कष्टसाध्य राजनीतिक संक्रमण र महाभूकम्पसम्मका विषयको पुस्तकमा राष्ट्र पुनःनिर्माणका आशा र योजना समेटिएका छन्।
 
सशस्त्र द्वन्द्वको समाधान खोज्न संयुक्त राष्ट्र संघको पहलबारे पहिलोपटक वकालत गर्नेमध्येका गौतमले शान्ति प्रकृयामा अन्तर्राष्ट्रिय समूदाय र स्वयं राष्ट्रसंघीय पदाधिकारीका पूर्वाग्रहको विनासंकोच उजागर गरेका छन्।
 
‘मेरो जीवन र अनुभवहरुको दस्तावेजीकरण गर्ने सिलसिलामै यो पुस्तक तयार भएको हो,’ गौतम भन्छन्, ‘यसमा उल्लेखित अनुभव र दिइएका सुझाव मुलुकको पुनःनिर्माण निम्ति सबैलाई उपयोगी भइदिए मलाइ सन्तुष्टि मिल्नेछ।’

गौतमको ‘लस्ट इन ट्रान्जिसनः रि बिल्डिङ नेपाल फ्रम दी माओइस्ट मेहेम एन्ड मेगा अर्थक्वेक’ शनिबारदेखि बजारमा उपलब्ध हुँदैछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell