PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

जिरे खुर्सानी, मेरी बास्सै भद्रगोल पनि बन्द



जिरे खुर्सानी, मेरी बास्सै भद्रगोल पनि बन्द

पहिलोपोस्ट -
काठमाडौं : चर्चित टेलिसिरियलहरु मेरी बास्सै, जिरे खुर्सानी, भद्रगोल, हाकाहाकी बन्द भएका छन्। निर्माता कम्पनी मिडिया हब र नेपाल टेलिभिजनबीचको आन्तरिक विवादले यी सिरियल अनिश्चिकालका लागि रोकिएका हुन्।
 
स्रोतका अनुसार आर्थिक विवादले रोकिएका यी सिरियल कहिलेदेखि प्रसारण हुन्छन् भन्ने यकिन छैन। टेलिभिजन सिनेमा कार्यक्रम ‘चित्रपट’को प्रसारण समेत रोकिएको छ। यसअघि ‘तीतोसत्य’ रोकिएको थियो।
 
‘यी सिरियल केही समयका लागि मात्र रोकिएका हुन्,’ मिडिया हब निकट स्रोतले भन्यो, ‘वार्ता भैरहेको छ, मिले चाँडै प्रसारण हुनसक्छ।’ मेरी बास्सै र जिरे खुर्सानीले केही महिनादेखि रिपिटेड कार्यक्रम प्रसारण गरिरहेका छन् ।
 
चरम आर्थिक संकटका कारण निर्माता कम्पनी मिडिया हबले कार्यक्रम चलाउन सकेको छैन। ‘तीतो सत्य’ तीन महिनापछि अर्को कुनै टेलिभिजनमा प्रसारण हुनसक्ने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell