PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

सिंहदरबारमै अनुशासनमा बस्दैनन् सरकारी कर्मचारी, सबैभन्दा धेरै अनुशासनबिहीन सञ्चार मन्त्रालय



सिंहदरबारमै अनुशासनमा बस्दैनन् सरकारी कर्मचारी, सबैभन्दा धेरै अनुशासनबिहीन सञ्चार मन्त्रालय

  • पहिलोपोस्ट -
काठमाडौं : राष्ट्रिय सतर्कता केन्द्रले आफ्नो अनुगमनका क्रममा सिंहदरबारमै अनुशासनहीन कर्मचारी पाएको जनाएको छ। केन्द्रले आज दिउँसो २ बजे देखि ४ बजेसम्म सिंहदरबारमा गरेको अनुगमनका क्रममा ६६ जना कर्मचारी तोकिएको पोशाकमा उपस्थित नभएको पायो। 

केन्द्रले १० वटा टोली बनाएर सिंहदरबार भित्रका मन्त्रालयहरुमा अनुगमन गरेको जनाएको छ। त्यसक्रममा १ जना सहसचिव, १० जना उपसचिव, १५ जना शाखा अधिकृत र ४० जना सहायक स्तरका कर्मचारी तोकिएको पोशाकमा नभेटिएको जनाएको छ।

सबैभन्दा धेरै अनुशासनविहीन कर्मचारीमा सञ्चार मन्त्रालयका देखिएका छन्। सञ्चारका १४ जना कर्मचारी तोकिएको पोशाकमा उपस्थित नभएको केन्द्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सरकारले सरकारी कर्मचारीका लागि निलो कोट र सेतो सर्टको पोशाक व्यवस्था गरेको छ। त्यस्तै महिलाहरुका लागि निलो कुर्ता सलवारको व्यवस्था गरेको छ। त्यस्तै सारी लगाउन पनि निलो रङ्गको सारीको व्यवस्था गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell