PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

राइसकुकरमा भात छड्किँदा बत्ती जान्छ? यस्तो उपाय गर्नुस् जसबाट अधकल्चो खान पर्दैन



राइसकुकरमा भात छड्किँदा बत्ती जान्छ? यस्तो उपाय गर्नुस् जसबाट अधकल्चो खान पर्दैन

काठमाडौं : इन्धन अभावले इन्डक्सन वा अन्य विद्युतीय उपकरणबाट खाना पकाइरहँदा झ्याप्प-झ्याप्प बत्ती गइरहेको छ? धेरैले ग्यास अभावका कारण विजुलीको खपत एकैपटक गरेका कारण लोड थेग्न नसक्दा यस्तो हुने गरेको हो। त्यसैले नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई बिजुलीको प्रयोग गर्ने तरिका सिकाएको छ। ग्यास र मट्टीतेलजस्ता इन्धनको अभावले बिजुलीमा भार पर्न थालेपछि खपत कम गर्न प्राधिकरणले बिजुली प्रयोग गर्ने तरिका सिकाएको हो।
 
प्राधिकरणले विहान ६ देखि ९ बजेसम्म र बेलुका ५ देखि ९ बजेसम्म बिजुली कसरी प्रयोग गर्दा अहिले खेप्न परिरहेको समस्या समाधान हुनसक्छ भन्ने उपाय सिकाएको हो। प्राधिकरणले यसका लागि पाँच वटा विधि पालन गर्न भनेको छ जसले गर्दा तपाईँको राइसकुकरमा पाक्दै गरेको भात अधकल्चो खान नपरोस्।
 
प्राधिकरणले इन्डक्सन तथा अन्य विद्युतीय कुकरहरु प्रयोग गर्दा कम विद्युत् खपत गर्ने गरी मात्र प्रयोग गर्न भनेको छ। साथै विद्यूत् इन्डक्सन हिटर र कुकर प्रयोग गर्दा पानी पम्प, आइरन, ओभनलगायतका बढी बिजुली प्रयोग हुने उपकरण नचलाउन पनि भनेको छ। मतलब राइसकुकर चलेको छ भने इन्डक्सन, आइरन, रेफ्रिजेरेटर बन्द गर्नुस्।
 
प्राधिकरणले सम्पूर्ण कार्यालयहरुमा कम विद्यूत् खपत गर्ने बत्ती तथा अन्य उपकरणहरु प्रयोग गर्न भनेको छ। विशेषत एयर कन्डिसन तथा रुम हिटर जस्ता बढी बिजुली खपत गर्ने उपकरणहरु प्रयोग बन्द गर्न भनेको छ। उसले कम विद्युत् खपत गर्ने विद्युतीय उपकरणहरुको प्रयोग गर्न सुझाव दिँदै सकेसम्म बत्ति पनि कम बाल्न अपील नै गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell