
- पहिलोपोस्ट-
आइतबार राती एस्टन भिल्लामाथि २-० को जित निकालेपछि आर्सनल १६ खेलबाट ३३ अंक जोड्दै शीर्ष स्थानमा पुगेको हो। समान १६ खेलबाट ३२ अंक जोडेको म्यानचेष्टर सिटी दोश्रो स्थानमा छ।
खेलको आठौं मिनेटमा ओलिभर जिरोडको पेनाल्टी गोलमा अग्रता लिएको आर्सनलका लागि दोश्रो गोल ३८ औं मिनेटमा आरोन राम्सेले गरे। आइतबारको खेलमा जिरोडले आर्सनलबाट ५० गोल पूरा गरेका छन्। उनी आर्सनलबाट ५० गोल पूरा गर्ने सातौं खेलाडी बने।
हारपछि एस्टन भिल्ला थप संकटमा परेको छ। १६ खेलबाट ६ अंकमात्र जोडेको उ अंकतालिकाको पुछारमा छ। इंगलिस प्रिमियर लिगमै आइतबार राती भएको खेलमा लिभरपुल वेष्टब्रोमसँग २-२ को बराबरीमा रोकिएको छ।
बराबरीपछि लिभरपुल १६ खेलबाट २४ अंक सहित नवौं स्थानमा उक्लेको छ। त्यस्तै न्युक्यासलले टोटनह्यामलाई २-१ ले हरायो।