PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

पुनःनिर्माण विधेयक समर्थन गर्दै ​मधेसी मोर्चाले गर्‍यो संसद बहिस्कार



पुनःनिर्माण विधेयक समर्थन गर्दै ​मधेसी मोर्चाले गर्‍यो संसद बहिस्कार
फाइल फोटो

  • पहिलोपोस्ट-
काठमाडौँ : संसदमा नाराबाजी र बेल घेराउका बीच जबर्जस्ती संविधान संशोधन विधेयक सदनमा पेश भएको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संसद बैठक बहिष्कार गरेको छ।

सभामुखले संसद बैठकमा सांसदहरु उभिएर अवरुद्ध भएको अवस्था तथा बेल घेराउ भएको अवस्थामा समेत संसद सञ्चालन गरेकोमा विरोध गर्दं नयाँ रुलिङ नभएसम्म संसद बैठक बहिष्कार गर्ने मोर्चाले जनाएको हो।

बैठकमा सद्भावना पार्टीका संसदीय दलका नेता लक्ष्मणलाल कर्णले संसदीय व्यवस्थामा एक जना पनि उभिएको अवस्थामा सदन अगाडि नबढ्ने अवस्थाको रुलिङ नियमित नभएसम्म सदन बैठक बहिष्कार गरिराख्ने बताए।

संविधान निर्माण प्रक्रियामा असहमति जनाउँदै संसदबाहिर रहेको मधेसी मोर्चा संसदभित्रैबाट संशोधनमार्फत् आफ्ना एजेन्डा स्थापित गराउने भन्दै कात्तिक २२ गतेदेखि संसदमा फर्केर निरन्तर संसद अवरोध गर्दै आएका थिए। पुननिर्माण विधेयकलाई मानवीय आधारमा पास गर्न सघाउने बताए पनि हिजो संविधान संशोधन विधेयक पनि सँगै पेश गरिएपछि मोर्चाले विरोध गर्दै बेल घेराउ गरेको थियो। तर नाराबाजीका बीच संसदले दुवै विधेयक टेबल गरेको थियो।   

मोर्चाले सरकारले ल्याएको संविधान संशोधन विधेयकले मधेश आन्दोलनलाई सम्बोधन नगर्ने भन्दै विरोध जनाउँदै आएको छ।
 
' मधेशमा आन्दोलन भएको १ सय २३ दिन भयो। ५२ जना हत्या भयो। एक हजार घाइते छन्। हामीले दमन अन्त्यका लागि संसद अवरोध गरेका हौँ। आन्दोलनको सम्बोधनका लागि हो। हामीले वार्ता समिति स्वीकार गर्‍यौँ। ११ बुदेँ माग राख्यौँ। मधेशीलाइ सम्बोधन नगर्ने मुस्लिम र आन्दोलन सम्बोधन नगर्ने विधेयक समझदारी बनाएर पेश गर्नुपर्छ भन्ने हाम्रो भनाई थियो। तर हिजो जुन किसिसमले सम्पूर्ण संसदीय प्रक्रिया नाघेर भएको काम कारवाही घोर असहमति छ', कर्णले भने।

मोर्चाले संसद बैठक बहिष्कार गर्दा गर्दै समेत भूकम्पबाट क्षति भएका संरचनाहरुको पुन: निर्माण विधेयक पारित होस् भन्ने आफ्नो शुभेच्क्षा प्रकट गरेको छ। मधेशी मोर्चासँग ३६ जना सांसद रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell