PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

​बरिष्ठ अभिनेत्री अधिकारीको उपचार सरकारले गर्ने



​बरिष्ठ अभिनेत्री अधिकारीको उपचार सरकारले गर्ने

  • पहिलोपोस्ट -
काठमाडौं : सरकारले बरिष्ठ अभिनेत्री शुभद्रा अधिकारीको उपचारमा सहयोग गर्ने भएको छ। काठमाडौंस्थित सिभिल अस्पतालमा उपचाररत अधिकारीलाई भेटेपछि चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले यस्तो जानकारी दिएका हुन्। 

गम्भीर खालको निमोनियाले ग्रस्त अधिकारी सातायता अस्पतालमा भर्ना भएकी छिन्। ‘हामीकहाँ पाका कलाकारलाई बेवास्ता गर्ने प्रवृत्ति छ। मैले उहाँलाई भेटेर बोर्डको तर्फबाट कस्तो सहयोग गर्न सक्छौं भनेर स्वास्थ्य लाभको कामना गरेको हुँ,’ राईले भने। 

बोर्ड मातहत रहेको चलचित्रकर्मी कल्याण कोषमार्फत अधिकारीको उपचारमा रकम निकासा गर्न निर्देशन दिइसकेको राईले बता। कोषकी संयोजक अभिनेत्री झरना थापा हुन्। 

‘उहाँलाई सामान्य निमोनिया नभएर गम्भीर खालको रहेछ। लगातार चुरोट पिइरहने बानीले गर्दा समस्या भएको रहेछ,’ राईले स्वास्थ्य अवस्थाबारे जानकारी गराए। 

यसैगरी, बोर्डले नवनिर्वाचित प्राविधिक संघको कार्यसमितिलाई स्वागत एवं सम्मान गरेको छ। सम्मान ग्रहणपछि अध्यक्ष पुष्कर लामाले श्रमजीवि चलचित्रकर्मी ऐन कार्यान्वयनको नेतृत्व प्राविधिक संघले गर्ने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell