PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

आर्यन र नम्रताको ‘क्लासिक’ ट्रेलर



आर्यन र नम्रताको ‘क्लासिक’ ट्रेलर

  • पहिलोपोस्ट -
काठमाडौं : आर्यन सिग्देल र नम्रता श्रेष्ठ स्टारर सिनेमा ‘क्लासिक’को अफिसियल ट्रेलर रिलिज भएको छ । विहिबार आयोजित प्रेसमिटमा निर्माण कम्पनी सुवास इन्टरटेनमेन्टले ट्रेलर आउट गरेको हो ।
 
दिनेश राउतले निर्देशन गरेको फिल्म माघ २९ गते रिलिज हुँदैछ । दृष्टिविहिन प्रेमीप्रेमिकाको कथा पेश गर्ने सिनेमालाई म्युजिकल ड्रामा जानरामा राखिएको छ ।
 
प्रेसमिटमा बोल्दै निर्देशक राउतले दिमागबाट नभई मनबाट सिनेमा हेर्न आग्रह गरे । निर्माता सुवास गिरीले अघिल्लो सिनेमा ‘नोभेम्बर रेन’ भन्दा उत्कृष्ट बनेको बताए । अभिनेता एवं निर्माता आर्यन सिग्देलले मिहेनतको फल चाख्न आतुर रहेको सुनाए ।
 
युवराज चौंलागाइँ, मेलिना राई र कोसिस क्षेत्रीले गीत गाएर मन्त्रमुग्ध तुल्याए । प्रेसमिटमै आर्यन र नम्रता फिचरिङ गीत ‘सुनौलो...’ गीत पनि रिलिज भयो । हेर्नूस ट्रेलर
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell