PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

​श्वेता खड्का आउँदो वर्ष अभिनय र निर्माणबाट कमब्याक हुने



​श्वेता खड्का आउँदो वर्ष अभिनय र निर्माणबाट कमब्याक हुने

  • पहिलोपोस्ट -
काठमाडौं : दरबारमार्गको राइजिङ मलस्थित भुइँ तलामा जाभा कफी सप छ। एक कुनामा हामीले श्वेता खड्कालाई देख्यौं। ‘नमस्कार’ लामो समयपछि फर्किएको मुस्कानसहित उनले स्वागत गरिन्।
 
हिजोआज श्वेता यो कफी सपसहित आफ्ना बिजनेस कार्यमा पनि सक्रिय छिन्। त्यही अनौपचारिक मेसोमा उनले औपचारिक कुरा पनि गरिन्। सम्भवतः यो अभिव्यक्ति पति श्रीकृष्ण श्रेष्ठको निधनपछि श्वेताद्धारा पहिलो पटक व्यक्त भएको हुनुपर्छ।
 
श्वेता आउँदो वर्ष सिनेमा निर्माण र अभिनयमा पुनरागमन हुनेछिन्। उनले एकवर्षपछि आफू स्वयम एक्टिङ र प्रोडक्सन दुवै कार्यमा फर्कने बताइन्। ‘यसका लागि सोच बनाएकी छु,’ श्वेता खुलिन्, ‘एक्टिङ, मोडलिङ र प्रोडक्सनमा पनि अब लाग्छु।’
 
करिब तीनवटा स्क्रिप्टमा काम भैरहेको श्वेताले जनाइन्। सिनोप्सिस नखुलाए पनि श्वेताले राम्रो कथामा फिल्म बन्न लागेको बताइन्। कोहिनुरको सिक्वेल बन्नेतर्फ पनि उनले संकेत गरिन् तर, यसबारे उनले यकिन गरिसकेकी छैनन्।
 
श्वेताले केही महिनाअघि मोडलिङ पनि गरेकी थिइन्। मोडलिङ र एक्टिङलाई निरन्तरता दिने उनको तयारी छ। भेटमा श्वेता निकै खुलेकी थिइन् भने उनको अनुहारमा चमक पनि देखिन्थ्यो।
 
प्रशस्तै अभिनयको अफर आइरहे पनि स्वीकार नगरेको श्वेताले बताइन्। ‘म आफ्नै तीनवटा स्क्रिप्टमा व्यस्त छु,’ श्वेताले भनिन्, ‘अफर धेरैले गरे पनि, अहिलेसम्म कसैलाई पनि प्रोजेक्टका लागि ओके भनेकी छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell