PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

दुनियाँको सबैभन्दा 'पावरफूल' पोथी कुकुरको मृत्यु!



दुनियाँको सबैभन्दा 'पावरफूल' पोथी कुकुरको मृत्यु!
Photograph: Ho New/Reuters

थाइल्याण्ड : दुनियाँमा यस्तो कति घरपालुवा जनावर होलान् जसको बारेमा व्यङ्गय गर्दा समेत कठोर सजाय भोग्नुपर्ने?

थाइल्याण्डमा यस्तै एउटा पोथी कुकुर थियो जसको केहीअघि मात्रै मृत्यु भयो। गत सोमबार कुकरको मृत्यु भएको खबर एउटा औपचारिक वक्तव्य जारी गरेर दिइयो। थाइल्याण्डको राजपरिवारको कुकुरलाई व्यङ्ग गरेको भन्दै केही समय अघि एक जना पक्राउ परेका थिए। ती युवकले फेसबुक मार्फत् कुकुरमाथि व्यङ्ग्य गरेका थिए। 

तोन्गदेन्ग कूपर नाम भएको यो कुकुरबारे थाहा नभएका सायदै थाइल्याण्डका नागरिक होलान्। सन् २००२ मा राजा फूमिफोन अन्दुयादेतले यो कुकुरलाई गल्लीबाट उठाएर आफ्नो सन्तान बराबरको मान्यता दिएका थिए। उनले कुकुरबारे एउटा भावुक किताब समेत लेखे।
 
कूपरको तारिफ उसको बफादारिताका लिएर थाइल्याण्डमा हुनेगर्छ। कुकुरबारे लेखिएको किताबमा कुपरलाई उदाहरणको रुपमा प्रस्तुत गर्दै मुलुक प्रति नागरिकको जिम्मेवारी कस्तो हुनुपर्छ भनेर लेखिएको छ। सोमबार कूपरको मृत्यु भएको खबर कैजटजार्ट विश्वविद्यालयको पशु विभागले औपचारिक विज्ञप्ति जारी गर्दै दिएको छ।

विज्ञप्तिमा भनिएको छ – कूपरको मृत्यु राजाको महलमा २५ डिसेम्बरको रात ११ बजेर १० मिनेटमा सुतिरहेको अवस्थामा भयो। कुकुर १७ वर्षको हो। 

कूपरको लोकप्रियता थाइल्याण्डमा यति थियो कि उसलाइ 'खन' उपाधि दिइएको थियो। अंग्रेजीमा खन शब्दको अर्थ म्याडम भन्ने हुन्छ। मिडियामा समाचार आउँदा होस् या अरु बेला बोलिचालीमा कूपरको अगाडि म्याडम लगाएर बोल्ने चलन थाइल्याण्डमा थियो।

कुकुरको फोटो राजदरबारका अधिकांश तस्विरहरुमा समेत देखिन्छन्। राजमहलका भित्ताहरुमा पनि कूपरको फोटो सजाइएका छन्।

कूपरबारे लेखिएको किताब थाइल्याण्डमा चर्चित ह्यारी पोर्टरको किताब भन्दा धेरै बिक्री भएको थियो। यो ककुर बारेको किताब बेस्टसेलर भयो भने यसले बिक्रीमा कीर्तिमान समेत राख्यो।


कूपर माथि एउटा फिल्म समेत बनाइएको थियो। सोही फिल्मलाई अहिले कुकुरको मृत्यु पछि फिल्म हलहरुमा प्रदर्शनमा राखिएको छ।

थाइल्याण्डका ८८ वर्षीय राजा फूमिफोन अदुन्यादेत दुनियाँका सबैभन्दा ज्यादा समय शासन गर्ने राजा हुन्। उनको आर्थिक र सामाजिक नीतिको धेरै तारिफ विश्वभर हुनेगर्छ।

थाइल्याण्डमा राजकीय मानहानीको कानुन छ। जुन यति कडा छ कि राजपरिवार माथि कहिल्यै कोही विवाद वा बहस गर्न समेत पाइँदैन।
यदि सकैले राज परिवारको कुनै पनि प्रकारको अपमान गरे दोषी घोषित हुन्छ र उसलाई १५ वर्षको जेल सजायँ समेत हुन्छ।

द टेलिग्राफ, गार्जियननवभारत टाइम्सको सहयोगमा तयार गरिएको



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell