PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

​‘आइटम गर्ल’को छविसँग संघर्ष गर्दै सुष्मा कार्की



​‘आइटम गर्ल’को छविसँग संघर्ष गर्दै सुष्मा कार्की

  • पहिलोपोस्ट -
काठमाडौं : सुष्मा कार्की धेरै फिल्ममा लिड हिरोइन भइन्। तर, उनको हिरोइन छविलाई आइटम डान्सले छायाँमा पारिदिएको छ। ‘लुट’मा उनको आइटमले पारिश्रमिक मात्र बढाइदिएन, आइटम गर्लको छवि निर्माण भयो।
 
तर, माघ २९ गते रिलिज हुने सिनेमा ‘चलेछ बतास सुस्तरी’मा सुष्मा लिड एक्ट्रेसको रुपमा देखिनेछिन्। प्रमोद भारद्वाजसँग उनको अनस्क्रिन रोमान्स कत्तिको फाप्छ, त्यो भने हेर्न बाँकी नै छ।
 
आइटम गर्लको रुपमा उनी जति चर्चित भइन्, उति उनलाई यो विशेषण मनपरेको भने छैन। उनी अभिनयकारिताले नै चिनिन चाहन्छिन्। यी सेक्सी बालाका लागि ‘चलेछ बतास सुस्तरी’ के ल्यान्डमार्क बन्ला?
 
एक हदसम्म यी आइटम गर्लका लागि दुई महिला निर्देशक सबु र अनिलाले निर्देशन गरेको फिल्मको अर्थ महत्वपूर्ण छ। यही मेसोमा सुष्मा अभिनित सिनेमाका तीन श्रव्य गीत रिलिज भएका छन्।
 
जेम्स प्रधानको ‘सीम सीम...’ले श्रोताको मन जित्नसक्छ। ‘मीठो मीठो...’ र फिल्मको शीर्ष गीत पनि समेटिएको छ। संगीतकार विकास चौधरी हुन्। गीत फिल्मको महत्वपूर्ण फ्याक्टर बनेको निर्माता भारद्वाजले बताए। केही दिनमा ट्रेलर लन्च गर्ने योजना निर्माताको छ।
 
सामाजिक विषयवस्तु र प्रेमलाई कथानक तुल्याइएको सिनेमालाई अर्गानिक भन्न रुचाउँछन् भारद्वाज। सुन्नुस गीत :  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell