PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

​चौधरी ग्रुपले बलिउड स्टुडियोमा लगानी गर्ने, चौधरीले भेटे अनिल अम्बानी र शत्रुघन सिन्हा



​चौधरी ग्रुपले बलिउड स्टुडियोमा लगानी गर्ने, चौधरीले भेटे अनिल अम्बानी र शत्रुघन सिन्हा

  • पहिलोपोस्ट -
काठमाडौं : गतसाता परेको जन्मदिनको छेकोमा चौधरी ग्रुप (सीजी)का निर्वाण चौधरीले बलिउड अभिनेता सलमान खानलाई भेटे अनि जन्मदिनको बधाइ दिए।
 
अंग्रेजी नयाँ वर्षको छेकोमा यतिबेला दुबईमा बिदा मनाउन निस्किएको चौधरी परिवारले बलिउड अभिनेता एवं सांसद शत्रुघन सिन्हा र रिलायन्स इन्टरटेनमेन्टका मालिक अनिल अम्बानीलाई पनि भेटे।
 
बलिउडका यी ठूला नामसँगको लगातार भेटले फोर्ब्स अर्बपति विनोद चौधरीको बलिउड सम्बन्धतर्फ संकेत गर्छ। स्रोतका अनुसार नाम चलेको बलिउड स्टुडियोमा सीजीले लगानी गर्दैछ। त्यो स्टुडियो नेपालमा समेत खुल्ने जनाइएको छ। 
 
‘सलमान, अम्बानी र शत्रुघनसँगको सीजीको लगातारको भेट त्यसतर्फको गृहकार्य हो,’ स्रोतले भन्यो, ‘चाँडै बलिउडको नामी स्टुडियोमा सीजीले लगानी गर्नेछ र नेपालमा समेत ल्याउँदैछ। यसले नेपाली सिनेमालाई पनि फाइदा पुग्नसक्छ।’
 
अम्बानीले गतवर्ष नेपालको बिग मूभिजमा लगानी गरेका थिए तर घाटामा गएपछि रिलायन्स ग्रुपले हात झिक्यो। तर, रिलायन्स इन्टरटेनमेन्ट पुनः सीजीसँग सहकार्य गर्न तयार रहेको बुझिएको छ।
 
चौधरी ग्रुपले २०४० सालमा ‘बासुदेव’ नामक सिनेमा निर्माण गरेको थियो। त्यतिखेरको यो सिनेमा हिट हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell