PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

पुत्ला जलेपछि पर्यटनमन्त्रीले भने : दोलखामै फिल्म सिटी



पुत्ला जलेपछि पर्यटनमन्त्रीले भने : दोलखामै फिल्म सिटी

  • पहिलोपोस्ट-
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले फिल्म सिटी दोलखामा नबन्ने बताएका कारण विवाद भएपछि उनकै मन्त्रिपरिषदका एकजना सदस्य एवं पर्यटनमन्त्रीले दोलखामै फिल्म सिटी बन्ने बताएका छन्। 

चलचित्र विकास बोर्डले समेत दोलखामै फिल्म सिटी बन्ने बताएको छ। अध्यक्ष राजकुमार राईले अनौपचारिक सन्दर्भमा दोलखा नै अहिलेसम्म तय भएको बताए। 

गतसाता काठमाडौंमा भएको एक सिनेमा कार्यक्रममा ओलीले गोरखा, तनहुँ र स्याङजातिर स्मार्ट सिटीसहितको फिल्म सिटी बन्ने बताएका थिए। उनको अभिव्यक्तिको विरोध मन्त्री आनन्द पोखरेललाई कालोझन्डा देखाएर गरिएको थियो। 

कांग्रेस कार्यकर्ताले दोलखामा अभिव्यक्तिविरुद्ध प्रदर्शन पनि गरे। उनीहरुले पर्यटनमन्त्री सहभागी  कार्यक्रम बिथोल्ने प्रयाससमेत गरे। पर्यटनमन्त्रीले दोलखामै फिल्म सिटी बन्ने भन्दै विरोधमा उत्रिएकालाई आश्वस्त पारे। 

सरकारले दोलखामको डाङडुङे डाँडामा फिल्म सिटी बनाउनका लागि यसअघि नै २ करोड रुपैयाँ विनियोजन गरिसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell