PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

राजेश हमालको लेडी लुक्स



राजेश हमालको लेडी लुक्स

काठमाडौं : चिच्याउँदै मुठ्ठी कस्ने हिरो राजेश हमाल महिला भएको भए कस्तो देखिन्थे? फिल्म शकुन्तलामा राजेश हमाललाई लेडी लुकमा देख्‍न पाइनेछ।

फिल्मको मुख्य पात्रको रोलमा रहेका हमाल विवाहित महिला क्यारेक्टरमा देखिएका छन्। त्यसको तस्बिर सार्वजनिक भएको छ।

तस्विरमा निर्देशक दिनेश श्रेष्ठ पनि सँगै छन्। हमाल महिला पात्रको रोलमा देखिएका छन्। अहिले धमाधम सुटिङ भैरहेको फिल्मको आइतबार पनि सुटिङ थियो।

फिल्ममा अनु शाह पनि छिन् तर, अनुको भूमिकाबारे केही खुलाइएको छैन। गत साता आयोजित प्रेस मिटमा हमालले महिला पुरुष र पुरुष महिलाको रोलमा पनि देखिन सक्ने भन्दै घुमाउरो जवाफ दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell