PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

​सुनको भाऊ सय कम ४९ हजार



​सुनको भाऊ सय कम ४९ हजार

  • पहिलोपोस्ट-
काठमाडौं : सुनको भाऊ उकालो लाग्ने क्रम बुधबार पनि जारी रहेको छ। यो साताको सुरुदेखि नै उकालो लागेको सुनको भाऊ बुधबार थप बढेको हो। 

बुधबारमात्रै सुन तोलामा चारसय रुपैयाँले बढेको छ। बुधबार तोलाको ४८ हजर नौसय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुनको भाऊ तोलाको ४८ हजार पाँचसय रुपैयाँ रहेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाऊ बढे पनि चाँदीको भाऊ भने स्थिर छ। चाँदी तोलाको ६ सय ७५ रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell