PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

​नाकाबन्दी खुलेपछि १८ प्रतिशतले विद्युत महशुल बढाउने तयारी !



​नाकाबन्दी खुलेपछि १८ प्रतिशतले विद्युत महशुल बढाउने तयारी !

काठमाडौं : सरकारले विजुलीको महशुल फेरि बढाउने तयारी गरेको छ।

अहिलेको नाकाबन्दी खुलेपछि विजुलीको महशुल १८ प्रतिशत बढ्ने विद्युत महशुल निर्धारण आयोगले बताएको छ। बिहीबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोलाइएका आयोगका अध्यक्ष जगत भुसालले नाकाबन्दी खुलेलगत्तै महशुल बढाउन सिफारिस गर्ने बताए।

"हामीले मोटामोटी अध्ययन सकेका छौं, नाकाबन्दी कै बीचमा बत्तीको भाउ बढाउँदा ग्राहकलाई थप मर्का पर्ने भएकाले पछि बढाउने तयारी गरेका हौं, उनले भने।

यसअघि २०६९ सालमा विद्युत महशुल बढेको थियो। नेपाल विद्युत प्राधिकरणले हरेक वर्ष १० प्रतिशतका दरले महशुल बढाउन माग गर्दै आएको छ। त्यस अघि २०५३, २०५६, २०५८ सालमा विद्युत महशुल बढेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell