PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

माघ १४ देखि क्यान इन्फोटेक : ५ फूड स्टल रहने!



माघ १४ देखि क्यान इन्फोटेक : ५ फूड स्टल रहने!

काठमाडौं : २२ औं संस्करणको सुविसु क्यान इन्फोटेक माघ १४ गतेदेखि हुने भएको छ। क्यान इन्फोटेक माघ १९ गतेसम्म चल्ने आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले जनाएको छ।

विश्वमा सूचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले मेला आयोजना गरेको क्यानले जनाएको छ। यस पटकको क्यान इन्फोटेकको शीर्ष प्रायोजन सुविसु रहेको तथा एसोसिएट प्रायोजन हुवावे मोबाइलले गरेको छ।  
यस पटकको क्यान इन्फोटेकमा एकसय ७५ स्टल रहनेछन्। ती मध्ये मुख्य प्रदर्शनी हलभित्र ४९ वटा, हल बाहिर तीन वटा ब्रान्डिङ प्रदर्शनी कक्ष रहेका छन्। यस्तै ट्रसमा एकसय चार, ओपन स्पेस १४ र फुड स्टल पाँचवटा रहनेछन्।  
 
प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स्, पावर सोलुसन्स्, मोवाइल एसेसरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्सलगायतका रहेका छन्।  

यो वर्षको क्यान इन्फोटेक चारलाख जनाले अवलोकन गर्ने अनुमान महासंघले गरेको छ। मेला अवलोकनका लागि सर्व साधारणलाई प्रवेश शुल्क एकसय र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell