PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

​यस्तो छ युट्युबको नेपाली संस्करण: नेपालमा चर्चित भिडियो सुरुमै हेर्न मिल्ने



​यस्तो छ युट्युबको नेपाली संस्करण: नेपालमा चर्चित भिडियो सुरुमै हेर्न मिल्ने

  • पहिलोपोस्‍ट-
काठमाडौं:  भिडियो सेयर गर्न मिल्ने संसारकै ठूलो वेवसाइट युट्युबले नेपाली प्रयोगकर्ताको सजिलोका लागि नेपाली संस्करण सुरु गरेको छ। मंगलबारदेखि सुरु भएको युट्युबको नेपाली संस्करणमा आफ्नै होमपेज छ, जसमा नेपाली र नेपालमा धेरै हेरिएका भिडियोहरु देख्न सकिन्छ।

प्रयोगकर्ताले उच्च गुणस्तरको भिडियो मार्फत स्थानीय संस्कृति र भाषाका सामग्रीबारे जानकारी, मनोरञ्जन र शिक्षा लिन सकुन् भन्‍ने उद्देश्यले स्थानीय संस्करण सुरु गरेको युट्युबको प्यारेन्ट कम्पनी गुगलले जनाएको छ। नेपाली प्रयोगकर्ताले नेपाली होमपेजमा गएर नेपाली भिडियो र नेपालमा पपुलर भिडियोहरुको प्लेलिस्ट हेर्न सक्नेछन्।

युट्युव खोलेपछि लोगोको दाँयातिर सानो अक्षरमा एनपी लेखिएको देखिन्छ। जसमा क्लिक गरेपछि नेपाली होमपेज खुल्नेछ। यसबाट नेपालमा कुन भिडियो पपुलर छ भन्ने पनि थाहा पाउन सकिन्छ।

गुगलले गएको मंगलबार नेपालसँगै पाकिस्तान र श्रीलंकामा पनि स्थानीय संस्करण सुरु गरेको थियो। पाकिस्तानी प्रयोगकर्ताले युट्युबलाई उर्दु भाषामा पनि हेर्न सक्नेछन्। स्थानीय संस्करण ल्याएपछि त्यस क्षेत्रमा युट्युबको प्रयोगकर्ता बढ्ने तथा भिडियो अपलोड पनि बढी हुने अनुमान गरेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell