PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

१० करोड रुपैयाँको लगानीमा टेलिकमले बनायो यस्तो सामाजिक सञ्जाल



१० करोड रुपैयाँको लगानीमा टेलिकमले बनायो यस्तो सामाजिक सञ्जाल

  • पहिलोपोस्ट -
काठमाडौँ : नेपाल टेलिकमले आफ्ना विभिन्न सेवाहरुलाई एउटै सिस्टममा आवद्ध गराउने उद्देश्य अनुरुप युनिफाइड कम्युनिकेसन सिस्टम (युसिएस)को अवधारणामा सामाजिक सञ्जाल ‘मिट’ आज औपचारिक सुरुवात गरेको छ।  

सूचना तथा सञ्चार मन्त्री शेरधन राईले टेलिकम भोजपुरका कर्मचारी रामकुमार माझीसँग कुरा गरी मिटको उद्घाटन गरेका हुन्।
‘मिट’ सञ्चालन गर्न कूल दश करोड २० लाख २४ हजार रुपौँयाको लगानी लागेको टेलिकमले जनाएको छ ।

कसरी दर्ता गर्ने?

http://www.meet.net.np मा आफ्ना निश्चित विवरण भरी रजिस्टर गर्न सकिने टेलिकमले जनाएको. छ। रजिस्टर गर्नका लागि नेपाल टेलिकमको जिएसएम वा सिडिएमएको नम्बर हुन आवश्यक छ। टेलिकमले भेरिफाइ गर्न यही नम्बरमा कोड पठाउँछ। त्यही कोड इन्टर गरेपछि मात्रै रजिस्टर हुन्छ।  

के छ यसमा ?

'मिट' मा फेसबुकमा जस्तै टेक्स्ट, फोटो, अडियो तथा भिडियोलाई एक अर्कामा सेयर गर्न सकिनेछ। तर फेसबुकमा जस्तै यसमा अनलिमिटेड फोटो स्पेस भने हुने छैन। यसमा १०२४ एमबी अर्थात् १ जिबीसम्म मात्रै फोटो अपलोड गर्न सकिन्छ र प्रत्येक फोटोको साइज पनि ५ एमबीभन्दा बढी हुनु हुँदैन।

कम्पनीका विभिन्न सेवाका वारेमा ग्राहकसँग  अन्तर्क्रिया गर्ने, सेवाग्राही र कम्पनी बीच सामाजिक सम्बन्ध विकास गराउने उदेश्य रहेको टेलिकमले जनाएको छ ।

 १० एसएमएस निःशुल्क

टेलिकमले युसिएसमार्फत् ग्राहकलाई प्रतिदिन १० वटा एसएमएस निःशुल्क दिने जनाएको छ । त्यस्तै एक पटकमा धेरै संख्यामा एसएमएस पठाउन बल्क एसएमएसको पनि सुरुवात गरेको छ। यसमा म्यासेजको क्यारेक्टर संङ्ख्या एक सय ६० वाट बढाएर तीनसय २० पुर्‍याएको टेलिकमले जनाएको छ ।

 कार्यक्रममा बोल्दै मन्त्री राईले टेलिकमको सेवामा गुणस्तर, क्षमता विस्तार, विश्वमा भएका प्रविधिको उच्चतम प्रयोग गरी जनताको पहुँचमा पुर्‍याउन निर्देशन दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell