PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

​एनसेलले भन्यो – इन्धन नपाए तीन दिनपछि मोबाइल चल्दैनन्



​एनसेलले भन्यो – इन्धन नपाए तीन दिनपछि मोबाइल चल्दैनन्

  • पहिलोपोस्ट-
काठमाडौं : इन्धन नपाए तीन दिनपछि आफ्ना सबै सेवा अवरुद्ध हुने चेतावनी एनसेलले दिएको छ।

संसदको विकास समितिमा छलफल गर्न आएका एनसेलका सिईओ एरिम टाइलनलरले भने,'विद्युतले हाम्रो डेडिकेटेड फिडर काटिदियो,  उपकरण चलाउने इन्धन  तीन दिनको मात्रै स्टक छ, मैले दुखका साथ भन्नुपर्छ इन्धन नपाए हामी तीन दिन पछि एनसेलको सेवा सुचारु गर्न सक्ने अवस्थामा हुँदैनौं।'


सिइओ टाइलनरले एनसेलका व्यवस्थापनका सबै कर्मचारी कम्पनीको व्यवस्थापन गर्नुभन्दा इन्धनको व्यवस्थापनमा खटिनु पर्ने अवस्थामा रहेको बताए। उनले भने, 'हामीसँग उपकरण चलाउन डिजेल छैन्, तीन दिन भित्र डिजेल नपाए हाम्रा एक करोड ३० लाख उपभोक्ताको सेवा अवरुद्ध हुनेछ।'

सिइओ एरिमले इन्धनको समस्या उठाएपछि समितिका सभापति रवीन्द्र अधिकारीले विषयलाई गम्भीरतासाथ लिन सूचना तथा सञ्चारमन्त्री शेरधन राईलाई निर्देशन दिए। उनले एनसेलको इन्धनको समस्या तत्काल सुल्झाउन समेत मन्त्री राईलाई आग्रह गरे। इन्धन र उर्जा अभावका कारण दूरसञ्चार सेवाको गुणस्तर खस्किएको समेत सिइओ एरिमले बताए।


समितिको बैठकमा सहभागी नेपाल टेलिकमका प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले पनि उर्जा र इन्धन अभावका कारण गुणस्तरमा समस्या भएको बताएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell