PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

टेलिकमले पिनलेस टपअप गर्दा १० प्रतिशत बोनसको अवधि बढायो



टेलिकमले पिनलेस टपअप गर्दा १० प्रतिशत बोनसको अवधि बढायो

काठमाडौँ : नेपाल टेलिकमले जिएसएम र सिडिएमए प्रविधिका प्रिपेड मोबाइलमा गरिने एमपिओएस (पिनलेस टपअप) मा दिँदै आएको बोनस अवधिलाई यो महिनाको मसान्तसम्म बढाएको छ। 

यसअघि टेलिकमले यो योजना मंसिर २७ गतेदेखि पुस ३० गतेसम्मका लागि बहाल रहने बताएको थियो। अब भने यसलाई माघ मसान्तसम्म बढाइएको छ। 

पिनलेस टपअप गर्दा १०० रुपैयाँ र त्यसभन्दा बढीको रिचार्जमा टेलिकमले १० प्रतिशत टक टाइम बोनस दिँदै आएको छ। 

काठमाडौँमा दुई हजारभन्दा बढी एमपिओएस खुद्रा विक्रेताहरु छन्। अनलाइन पेमेन्ट गेटवे इसेवाबाट पनि एमपिओएस टपअप गर्न सकिन्छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell