PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

​जिल्ला प्रहरी प्रमुख र ड्युटी अफिसरको नम्बर अब एसएमएसमा पाउनुस्



​जिल्ला प्रहरी प्रमुख र ड्युटी अफिसरको नम्बर अब एसएमएसमा पाउनुस्

काठमाडौं : के तपाईँलाई जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा ड्युटी अधिकृतको सम्पर्क नम्बर आवश्यक छ? अप्ठ्यारोमा पर्दा कसलाई सम्पर्क गर्ने भन्ने थाहा छैन? यदि त्यसो हो भने नेपाल प्रहरीले सजिलो उपाय ल्याएको छ। अब एसएमएसबाट नै जिल्ला प्रहरी प्रमुख र ड्युटी अफिसरको नम्बर पाउन सकिन्छ।

नेपाल प्रहरी र फोकस वन प्राइभेट लिमिटेड जावलाखेलबीच यस्तो सेवा प्रदानका लागि सम्झौता भएको हो। सम्झौता अनुसार माघ ५ गतेदेखि Interactive SMS System को प्रयोगबाट कुनै पनि जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा ड्युटी अधिकृतको सम्पर्क नम्ब थाहा पाउन सकिने नेपाल प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयको सम्पर्क नम्बर थाहा पाउन सम्बन्धित जिल्लाको नामको अंग्रेजी पहिलो चार अक्षर टाइप गरी ४३२१ मा पठाउनुपर्छ।
उदाहरणका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेको सम्पर्क नम्बर थाहा पाउन NP<space> काभ्रे (KAVRE) जिल्लाको अंग्रेजी पहिलो चार अक्षर (KAVR) टाइप गरी ४३२१ मा पठाउने।

यसैगरी महानगरीय प्रहरी परीसर काठमाडौको सम्पर्क नम्बर थाहा पाउन NP<space> काठमाडौं (KATHMANDU) जिल्लाको अंग्रेजी पहिलो चार अक्षर (KATH) टाइप गरी ४३२१ मा पठाउने।

उदाहरणको लागि NP KATH टाइप गरी ४३२१ मा पठाउने। Spelling टाइप गर्दा Capital वा Small Letter जुनसुकैमा गर्दा पनि फरक नपर्ने नेपाल प्रहरी ले जनाएको छ।

नेपाल प्रहरीका मातहतका कार्यालय र अधिकारीको फोन नम्बर नेपाल प्रहरीको वेबसाइटमा पनि उपलब्ध छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell