PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

यस्तो छ शवदाह गृह जहाँ ३ हजारमै जलाउन पाइन्छ शव



यस्तो छ शवदाह गृह जहाँ ३ हजारमै जलाउन पाइन्छ शव

  • पहिलोपोस्ट-
काठमाडौँ : पशुपतिमा विद्युत शवदाह आजबाट सुरु भएको छ। यसमा ३ हजार रुपैयाँ तिरेर शव जलाउन सकिन्छ।

पशुपति क्षेत्र विकास कोषको परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरलले शवदाह भवनको उद्घाटन गरे।
मन्त्री पोखरेलले विश्वका हिन्दुहरुको आस्थाको केन्द्र पशुपतिनाथलाई प्रदुषणरहित बनाउन विद्युतीय शवदाहको भूमिका महत्वपूर्ण रहने बताए। साथै सस्तोमा शव दाह गर्न सकिने उनको धारणा थियो।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले ३३ वर्षको लामो संघर्षपछि सो भवनको निर्माण गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै सुरुमा ६ महिनसम्म २४ घण्टै सो सेवा सञ्चालन गर्ने तयारी रहेको जानकरी दिए।

आर्दश निर्माण मन्दिर र माडबाडी सेवा समितिले वेवारिसे शवको पैसा दिएर सहयोग गर्ने आजै घोषणा गरेको छ। सरकारले पशुपतिका साथै ललितपुर, बल्खुलगायतका स्थानमा विस्तार गर्ने तयारी समेत रहेको छ। विद्युतीय सवदाह भवनमा दैनिक ४० लास जलाउन सकिन्छ।

विद्युतीय मेसिनबाट एक शव जलाउनका लागि ४५ मिनेटको समय लाग्छ। परम्परागत दाउराबाट शव जलाउन चार/पाँच घण्टा लाग्छ। अहिले विद्युतीय शव दाह मेसिन दुई वटा रहेका छ। यो सस्तो पनि छ। परम्परागत रुपमा रु आठहजार देखि १० हजारसम्म लाग्नेमा विद्युतबाट रु तीन हजार रुपैयाँ लाग्छ।

नेपाल सरकारको अनुदानमा पशुपति क्षेत्र विकास कोषले विद्युतीय शव दाह भवन निर्माण गरेको हो। रु ११ करोडको लागतमा सम्पूर्ण कार्य पूरा भएको कोषका सदस्य सचिव टण्डनले जानकारी दिए।

हेर्नुस यस्तो छ शव जलाउने मेसिन- 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell