PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

बाबुराम भट्टराईसँग टिमअप गरेकी करिश्मा मन्त्री बने के गर्छिन्?



बाबुराम भट्टराईसँग टिमअप गरेकी करिश्मा मन्त्री बने के गर्छिन्?

  • पहिलोपोस्ट -
काठमाडौं : बाबुराम भट्टराईको नयाँ शक्ति ज्वाइन गरेपछि अहिले अभिनेत्री करिश्मा मानन्धर चर्चामा छिन्। यी गर्जियस एक्ट्रेसको पक्ष र विपक्षमा सामाजिक संजालमा तीब्र टिप्पणी भइरहेको छ।
 
तर, आलोचनालाई लिएर करिश्मा मानन्धरलाई कुनै मतलब छैन। ‘म पजेटिभ सोच्ने मान्छे हुँ। देश र समाजको सेवा राजनीतिबाट पनि गर्न सकिन्छ भनेर बाबुरामजीसँग टीमअप गरेकी हुँ,’ उनले भनिन् ।
 
‘सुरुमा राजनीतिमा आउने विचार त थिएन तर, विभिन्न चरणमा बाबुराम भट्टराईलाई भेटेपछि उहाँको सोच मन पर्‍यो,’ करिश्माले भनिन्, ‘उहाँको सोच सुन्दा महसुस भयो, राजनीति समाजसेवा गर्ने क्षेत्र हो।’
 
गत महिना स्थापना गरेको करिश्मा मानन्धर फाउन्डेसनदेखि नै आफूले समाजसेवा थालनी गरेको भए पनि राजनीतिले त्यसमा रङ पोत्ने करिश्माको विश्वास छ। उनले विश्व अभ्यासको चर्चा गर्दै कलाकारले पनि राजनीति गर्न सक्ने टिप्पणी गरिन्।
 
सिनेमा र राजनीतिलाई सँगै अघि बढाउने उनको योजना छ। ‘सिनेमा र राजनीतिलाई मैले एउटै बास्केटमा राखेर हिँड्छु,’ करिश्माको कथन छ, ‘यसले मेरो अभिनयको व्यवसायिकतामा कुनै फरक पार्दैन।’ करिश्माले निर्माण गरेको फिल्म फागु फागुन ७ गते रिलिज हुँदैछ।
 
‘मैले जे गरेँ, मनदेखि गरेँ, सहि गरेकी छु,’ करिश्माले भनिन्, ‘राम्रो कामका लागि आलोचना खेप्न तयार छु। मेरो सोच र समर्थन असल राजनीतिप्रति हुनेछ। म दुषित राजनीतिलाई सफा गर्ने कार्यमा लाग्नेछु।’
 
पार्टी प्रवेश गर्नुअघि बाबुरामजीसँग तपाईंको जेन्टलम्यान अग्रिमेन्ट केही भएको त छैन? उनी भन्छिन्, ‘अहँ, त्यस्तो केही छैन, म जेन्टलम्यान एग्रिमेन्ट गर्ने मान्छे होइन। म मनदेखि काम गर्ने मान्छे हुँ।’
 
तपाईं मन्त्री बन्नुभयो भने पहिलो प्राथमिकता के हुनेछ ? ‘अवश्य नै, चलचित्र क्षेत्र मेरो त्यतिबेला पहिलो प्राथमिकता हुनेछ,’ उनले भनिन्। हुनसक्छ, करिश्मा मानन्धरको राजनीति प्रवेश, नेपाली राजनीतिको सबैभन्दा ठूलो गसिप हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell