PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

​प्रधानमन्त्रीको नाममा फेसबुकमा फेक एकाउन्ट



​प्रधानमन्त्रीको नाममा फेसबुकमा फेक एकाउन्ट

  • पहिलोपोस्ट-
काठमाडौं : फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीको नामबाट कुनै स्टाटस अर्थात जानकारीहरु आएमा नपत्याउनुहोला। किनभने उनको अहिलेसम्म फेसबुक एकाउन्ट छैन। उनको नाममा भएको फेसबुक आइडी फेक भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रेस सल्लाहकार प्रमोद दाहालले मंगलबार विज्ञप्ती जारी गरी प्रधानमन्त्रीको फेसबुकमा कुनै एकाउन्ट वा पेज नरहेको बताएका छन्।

‘ हाल सम्माननीय प्रधानमन्त्रीज्यूको व्यक्तिगत र अफिसियल कुनै पनि फेसबुक खाता सञ्चालनमा नरहेको पनि जानकारी गराउँदछु। उहाँको व्यक्तिगत फेसबुक र ट्विटर एकाउन्ट हाल सञ्चालनमा नरहेको र तिनमा पोष्ट गरिएका कुनै पनि सामग्रीप्रति विश्वस्त नरहन पनि म सबैमा आग्रह गर्दछु’ उनले भनेका छन्।

हाल प्रधानमन्त्री ओलीको ट्विटर एकाउन्ट @pm_nepal मात्र आधिकारिक रहेको दाहालले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell