PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

​१ सय १२ वर्षको उमेरमा दैनिक ३० चुरोट पिउने नेपाली महिला



​१ सय १२ वर्षको उमेरमा दैनिक ३० चुरोट पिउने नेपाली महिला
Photo: Caters News Agency

काठमाडौं : एक नेपाली महिलाले विज्ञानलाइ चुनौती दिएकी छिन्। वृद्ध अवस्थाकी ती महिला १ सय १२ वर्षकी छिन् र दैनिक ३० वटा चुरोट पिउँछिन्।

बाटुली लामिछाने नाम गरेकी महिलाले चुरोट पिउन थालेको ९५ वर्ष भयो। चुरोट पिउनु उनको लत नै हो। तर उनीसँग एउटा भिन्दै प्रकारको चुरोट पिउने तरिका छ जसले चुरोटमा रहेको निकोटिन रोक्छ।

दुइ औँलाको बीचमा चुरोट च्याप्नुको साटो उनि आफ्नो पुरै दाहिने हातले चुरोट समाउँछिन्। अनि आफ्नो हातलाई मुखमा लगेर चुरोटको धुवाँ तान्छिन्।

'म कति वर्षको भए भन्ने म वास्तै गर्दिन, तर म अब बुढी भएँ, मेलै मेरो जीवनभरमा धेरै परिवर्तन देखेँ',' लामिछानेले भनिन्।

उनी आउँदो चैत १ सय १३ वर्ष पुग्दैछिन्।

नुवाकोट थानसिङ गाविस वडा नं ८ की लामिछाने १९५९ सालको चैत १० गते जन्मिएकी हुन्। उनका छोरा ७६ वर्षीय नेत्रप्रसाद लामिछानेले आफ्नी आमालाई कुनै दीर्घरोग नभएको र कहिल्यै नराम्रोसँग बिरामी नपरेको समाचार केही समयअघि राससले प्रकाशित गरेको थियो।

लामिछानेको जन्म भने गिदानेचौर सिन्धुपाल्चोकमा भएको हो। उनको दुई छोरी र एक छोराको भने निधन भइसकेको छ।  

अहिले विश्वको सबैभन्दा धेरै बाँच्ने जीवित व्यक्ति १ सय १६ वर्षका छन्। उनको नाम 'सुसानहा मुसह्यात जोन्स्' हो।  

न्युयोर्क पोस्टमा प्रकाशित समाचारको भावानुवाद



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell