PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सबैभन्दा लामो हवाई यात्रा कसको ? के कतारले उछिन्ला?



सबैभन्दा लामो हवाई यात्रा कसको ? के कतारले उछिन्ला?

कतार एयरवेज सबैभन्दा लामो हवाई सेवा सञ्चालन गरेर नयाँ कीर्तिमान राख्न चाहन्छ। एयरलाइनले नयाँ रुट प्रस्ताव गरेको जसलाई कतारको राजधानी, दोहाले न्युजल्यान्डको औकल्यान्डलाई जोड्छ। १४ हजार ५ सय २९ किलोमिटर दुरीको यो रुट तय गर्न विमानबाट १८ घन्टा ३४ मिनेट लाग्छ।

प्रस्ताव गरिएको फ्लाइट सेवा सुरु भयो भने पनि कतार सबैभन्दा लामो दुरी तय गर्ने रेकर्ड बनाउन सक्दैन। यो उपाधी सिंगापुर एयरलाइन्ससँग छ जसले १५ हजार ३ सय २९ किलोमिटर दुरी तय गर्छ। न्युयोर्क र सिंगापुर जोड्ने यो विमानले १९ घन्टा लगाउँछ। स्रोत: वर्ल्ड इकोनोमिक फोरम
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell